जनचेतनामूलक छोटो चलचित्र `कोरोना भाग-२´ सार्वजनिक (भिडियोसहित)

नम्वर २ थारु टोलले जनचेतनामूलक छोटो चलचित्र “कोरोना भाग-२” तयार गरेको छ।

कानेपोखरी / यदि कोरोना भाईरसको संक्रमण देखिहालेमा आत्मबल बढाएर,पौष्टिक तत्वयुक्त खाद्य सामग्री खाएर,नियमित व्यायामलगायत कार्य गरेर कोरोनालाई जित्न सकिन्छ ।

भाइरस लागीहाले अपहेलनाको साटो साथ,सहयोग र माया प्रदान गर्नुपर्छ भन्ने सचेतना जगाउने उद्धेश्य स्वरुप कानेपोखरी गाउँपालिका वडा नम्वर २ थारु टोलले जनचेतनामूलक छोटो चलचित्र “कोरोना भाग-२” तयार गरेको छ।

बिआरसी स्टुडियोको युट्युव च्यानलमार्फत उक्त चलचित्र आइतबार सार्वजनिक गरिएको हो ।

भिडियोमा विपन्न परिवारलक्षित राहत प्रदान नहुँदा पर्ने असरहरुको बारेमा साथै आर्थिकरुपले कमजोर घरपरिवारलाई खाद्यान्न दिनु आवश्यक छ् भन्ने सन्देश प्रस्तुत गरिएको छ । भिडियोमा बिध्यानन्द चौधरी,महेश आचार्य,सनम राेक्का ,भुमि दुलाल,गाेविन्दा माझी ,जानुका चाैधरी, प्रियङ्का चाैधरी, सुजन नेपाललगायतको अभिनय रहेको छ ।

सर्ट फिल्मको कथा लेखन,छायांकन,सम्पादन तथा निर्देशन भगत चौधरीको रहेको छ।

३४ मिनेटको यस भिडियोले सामाजिक चेतनामा मुख्य भुमिका खेल्ने यसै लघुचित्रका निर्देशक चौधरीले जानकारी दिनुभयो ।पहिलो भाग यस अगाडी नै सार्वजनिक भइसकेको छ।

भिडियो हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस् ।।

Back to top button