
कानेपोखरी / नेपालको संविधान जारी भई पाँचौ बर्षमा प्रवेश गरेको अवसरमा शनिवार देशैभरी उल्लासका साथ संविधान दिवस मनाइएको छ ।
यसैगरी,नेपाली काङ्ग्रेस कानेपोखरी वडा नम्बर-०६ कमिटीको आयोजनामा रमाईलो चोकमा शनिबार साँझ द्विप प्रज्वलनगरि संविधान दिवस भव्यताका साथ मनाइएको छ।सो कार्यक्रमलाई १ नम्बर टोल सभापति शिव पन्थीले संयोजन गरेका हुन।
कार्यक्रममा वडा नम्बर-०६ पार्टी कमिटी अध्यक्ष नेत्रबहादुर थापा,सचीव सुमन अधिकारी,जिल्ला सदस्य केदार थापा,महासमिति सदस्य जयराज संयोग,३ नम्बर क्षेत्रीय सदस्य हिमप्रसाद तिम्सिना,नेपाल महिला संघ क्षेत्रीय उपसभापति कमला योन्जन,सदस्य डिल्ली माया बस्नेत, स्थानिय युवा नेताहरु प्रदिप राई,शेरबहादुर लिम्बु,सुशील राई स्थानिय नेतृहरु मनु गुरुङ,रुपा भट्टराई,जिल्ला कमिटी नेताहरु,गाउँपालिकाका नेतालगायतको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य मोहन कटुवालले राखेका थिए भने सञ्चालन सन्तोष फुयलले गर्नुभएको थियो।