शिक्षाप्रेमी कार्की र लाम्गादेद्वारा स्कुललाई आर्थिक सहयोग

कानेपोखरी वडा नम्बर-०६ को सरस्वती आधारभूत विद्यालयलाई प्रदान गरिएको हो।

कानेपोखरी / कानेपोखरी गाउँपालिका-०४ निवासी हाल कोरियामा कार्यरत चेतन कार्कीको पहलमा नगद रु.२५ हजार २५ रुपैयाँ र काठमाडौ निवासी रामकृष्ण लाम्गादेले १० हजार १ सय रुपैयाँ गरि जम्मा ३५ हजार १ सय २५ रुपैयाँ आर्थिक सहयोग गरेका छन। सो सहयोग एक औपचारिक कार्यक्रम गरि कानेपोखरी वडा नम्बर-०६ को सरस्वती आधारभूत विद्यालयलाई प्रदान गरिएको हो।
कोरियामा कार्यरत मोरङ्का चेतन कार्की,प्रकाश तामाङ्ग,सरोज बस्नेत,ईश्वरी तामाङ्ग,काठमाडौका करण तामाङ्ग र ताप्लेजुङका खगेन्द्र लिम्बुले एकमुष्ट संकलन गरेको रकम चेतनका पिता धनबहादुर कार्की र रामकृष्णका पुत्र नारायण लाम्गादेले स्कुलका प्रधानाध्यापक चन्द्र मगर,व्यवस्थापन समिति र पुर्वविद्यार्थी संगठनका अध्यक्षद्वय विबेक लिम्बू,खगेन्द्र बराईलीलाई सो रकम हस्तान्तरण गरेका हुन।
विद्यालयलाई स्थापित गराउनका लागि मुख्य भुमिका निर्वाह गर्नुभएका सहयोगी रामकृष्ण लाम्गादे जसले स्थापना कालदेखी हालसम्म विभिन्न तवरले स्कुललाई निरन्तर सहयोग गरिरहनुभएको छ ।
नारायण लाम्गादेले स्कुलले गरेको प्रगतीको प्रंशसा गर्दै बालबालिकाको उज्ज्वल भविष्यको लागि सहयोग गर्नु पाएकोमा खुसि व्यक्त गर्नुभयो।उहाँले स्कुललाई अझ सहयोगको आवश्यकता परेमा सहयोग गर्नेपनि बताउनुभयो।

बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष विवेक लिम्बुले सहयोगी मनहरुलाई धन्यवाद दिदै अगामी दिनहरुमा पनि साथ,सहयोग र समन्वयको आशापनि रहेको जानकारी दिनुभयो।
कार्यक्रममा स्कुलका शिक्षक,पुर्वविद्यार्थीहरुलगायत स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो।
रकम हस्तान्तरण कार्यक्रमको भिडियो हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस् ।।

Back to top button