लागुऔषध नियन्त्रणमा युवाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कानेपोखरी युवा समाजले लागुऔषध नियन्त्रणमा युवाहरुको भुमिका बिषयमा रहेर बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कानेपोखरी / नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या दिनहुँ हजारौंको अनुपातमा बढिरहेको छ्।त्यसको रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकाय र सरकारले निरन्तर कदम चालिरहेका छन्।त्यस्तै,एउटा बलियो कदम बिहीवार कानेपोखरी युवा समाजले लागुऔषध नियन्त्रणमा युवाहरुको भुमिका बिषयमा रहेर बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर-०२ स्थित आदिवासी जनजाति भवन कालिस्थानमा सो जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो। कानेपोखरी पालिकाभित्रका लागुऔषध प्रयोगमुक्त र निरन्तर प्रयोगकर्ता ५० भन्दाबढी युवाहरुको बिचको कार्यक्रमको प्रमुख सहजीकरण ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलिप गिरीले गर्नुभएको थियो।

लागुऔषधको विस्तृत जानकारी,यो प्रयोग गर्नुको मुख्य कारण र असरहरु,कानुनी कारबाहीहरु साथै लागुऔषध रोकथाम तथा नियन्त्रणका उपायलगायतका बारेमा जानकारी गराउनुभएको थियो।उहाँले कुलत त्यागी समाज र राष्ट्रका लागि आदर्श नागरिकको परिचय दिउँ भन्दै सबैलाई शुभकामना ज्ञापन गर्नुभयो।

गाउँप्रमुख ताराबहादुर काफ्लेले ब्यानर वाचन गरि कार्यक्रमको उद्घघाटन गर्दै लागुऔषध दुर्वसनी आधुनिक समाज बिस्तारित संगै मौलाईरहेको बताउनुभयो।त्यसको नियन्त्रणका लागि पालिका सधैं तत्पर रहेको जानकारी दिनुभयो।अन्य अतिथिहरुले पनि लागुऔषध प्रयोग गर्नेको संख्या घटाउनमा सम्पुर्ण नागरिकहरु नै सचेत रहनुपर्नेमा जोड दिएका थिए।

प्रमुख अतिथी कानेपोखरी गाउँप्रमुख ताराबहादुर काफ्ले,विशिष्ट अतिथीहरु ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलिप गिरी,समाजसेवी ईन्द्र सुब्बा,पालिकाका प्रमुख प्रशासकिय अधिकृत गायत्र श्रेष्ठलगायत अतिथिहरु वडा नम्बर २ कि महिला सदस्य साबित्रा चौधरी,आदिवासी जनजाती महासंघ जिल्ला उपाध्यक्ष भोजबिर माझी,केरौन गाबिस पुर्व उपाध्यक्ष खुल्लु राजबंशी,राष्ट्रिय युवा जागरण मञ्चका अध्यक्ष प्रकाश धिमाल ,युवा समाजसेवी एवं युवा नेता भुपेन्द्र सुब्बा,समाजसेवीहरु चिन्तामनी अधिकारी ,भुमी दुलाल, अर्जुन कटुवाल,आशिष राई,अबिचन्द्र राई,डिल्ली कटुवालको विशेष उपस्थिति रहेको थियो।

युवा समाजका अध्यक्ष बिसुराज राईको अध्यक्षतामा सो कार्यक्रम सञ्चालन भएको थियो भने कार्यक्रमको सञ्चालन नेकपा जिल्ला सदस्य,पालिका सचिव एवम राजबंशी समाज बिकास समिती मोरङ अध्यक्ष समाजसेवी युवानेता मनोजकुमार राजबंशी गरेका थिए।

Back to top button