पथरी शनिश्चरेमा २ वटा तालिमको समापन

कम्प्युटर अपरेटर सम्बन्धी ३ महिने तालिम लकडाउन खुलेपछि स्वास्थ्य सतर्कता अपनाएर पुनः सञ्चालन गरी सम्पन्न गरिएको हो ।

पथरी शनिश्चरे /  मोरङको पथरी शनिश्चरे नगरमा कोरोना भाइरसबाट बच्न जारी गरिएको लकडाउनका कारण अघिल्लो आर्थिक वर्षबाट चालु आर्थिक वर्षमा सारिएका २ वटा तालिम बुधवार सम्पन्न भएका छन् ।
पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा स्थानीय पर्फेक्ट मल्टिपल इन्स्च्यिुट प्रालिको आयोजनामा सञ्चालित लोकसेवा तयारी कक्षा र कम्प्युटर अपरेटर सम्बन्धी ३ महिने तालिम लकडाउन खुलेपछि स्वास्थ्य सतर्कता अपनाएर पुनः सञ्चालन गरी सम्पन्न गरिएको हो ।
तालिम समापनका अवसरमा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, ३ नम्बर वडाध्यक्ष डम्बरबहादुर चेम्जोङ, १ नम्बर सदस्य दुर्गाप्रसाद सिटौला सहितले प्रमाणपत्र वितरण गर्दै नगर क्षेत्रका प्रशिक्षार्थीहरुमा शुभकामना व्यक्त गर्नुभयो ।

Back to top button