नेकपा नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त

आजै ४ बजे गर्ने तयारी भइरहेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले बताएका छन् ।

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले गौतमलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो ।

यो कोटामा नेकपाका उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेको थियो । प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमलाई राष्ट्रियसभा पठाउने निर्णयको विरोध भए पनि बुधबार मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

गौतमको सपथ आजै ४ बजे गर्ने तयारी भइरहेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले बताएका छन् ।

 

Back to top button