पथरीमा कुलमानको पक्षमा प्रर्दशन

प्रधानमन्त्री नै कुलमानलाई दोहोर्‍याउन इच्छुक छैनन् । जनस्तरबाट भने कुलमानलाई फेरि प्राधिकरणमा नियुक्ति गर्न सरकारमाथि दबाव छ ।

पथरीशनिश्चरे / बुधबार मोरङ्गको पथरीशनिश्चरेका स्वतन्त्र युवाहरुले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रुपमा पुनः नियुक्तिको माग गर्दै प्रर्दशन गरेका छ्न।

कुलमानको पक्षमा देशब्यापी प्रदर्शन भईरहेको बेला करिब १ सय युवायुवतीहरुले कुलमानको समर्थनमा पथरी बजारमा शान्तिपुर्ण प्रदर्शन गरेका हुन् ।

योग्यता र दक्षताको अग्रपंक्तिमा हुँदाहुँदै पनि कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता नदिइएको भन्दै सहभागीले विरोध गरेका थिए ।कि उज्यालो को ग्यारेन्टी कि कुलमानको नियुक्ति,अबको विकल्प कुलमान एकपल्ट,जनता सडकमा भेडाहरुको भिड भष्ट नेता सदनलाई ऋणलगायतका नारासहित प्लेकार्ड बोकेर सहभागीहरूले शताब्दीमा जन्मने एक राष्ट्रसेवक,करोडौं नेपालीलाई उज्यालो दिने कुलमान पुनः नियुक्ति हुन नितान्त आवश्यक रहेको भन्दै निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले कुलमानलाई फेरि प्राधिकरणमा जिम्मेवारी दिने गरी निर्णय गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भदौ २९ देखि विदाइ भएका छन् । तर उनलाई पुनः नियुक्ति गर्नुपर्ने भन्दै सडकमा र सामाजिक सञ्जालबाट दबाब बढेको छ ।

प्रधानमन्त्री नै कुलमानलाई दोहोर्‍याउन इच्छुक छैनन् । जनस्तरबाट भने कुलमानलाई फेरि प्राधिकरणमा नियुक्ति गर्न सरकारमाथि दबाव छ ।

Back to top button