शिक्षक दरवन्दी मिलान सहितका विषयमा निर्णय

बैैठकले, कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखेर भौतिक दूरी कायम गर्दै स्वास्थ्य सावधानी अपनाउँदै जानुपर्ने कुरा निर्णय गरेको छ ।

पथरी शनिश्चरे  / मोरङको पथरी नगर कार्यपालिकाको हिजोको बैठकले शिक्षक दरवन्दी मिलान सहितका विषयमा निर्णय गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले नगरका सामुदायिक विद्यालयका शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन सम्वन्धि तयार कार्यरुपलाई अनुमोदन गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

बैैठकले, कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखेर भौतिक दूरी कायम गर्दै स्वास्थ्य सावधानी अपनाउँदै जानुपर्ने कुरा निर्णय गरेको छ ।

कार्यपालिकाको अघिल्लो बैठकमा स्थानीय कामदारको ज्याला दररेट निर्धारण, जनप्रतिनिधि तथा कर्मचारीहरुको कोरोना बिमा गर्ने साथै दोहोलु शुक्रबारे, बुद्धमार्ग, रजतजयन्ती मार्ग कालोपत्रे तथा बुद्धमावि भवन निर्माण सम्वन्धी बोलपत्र निकाल्ने निर्णय भएको थियो ।

Back to top button