
आधुनिक गीत ‘हुदैछ रे तिम्रो विहे‘’ युट्युवमा अपलोड गरिएको छ । अशोक गजमेरको स्वर रहेको गीतमा त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ ।
रिजन बोहराको शब्द / संगीत, टंक लिम्बुको एरेन्ज / मिक्स मास्टरिङ, सुजन श्रेष्ठको सिनेम्याटोफ्री / सम्पादन रहेको भिडियोलाई विक्रम फागो लिम्बुले निर्देशन गरेका हुन् ।
म्यूजिक भिडियोमा करण धिताल, जेसिका शर्मा र बिगनेस एमएनले अभिनय गरेका छन् ।
झापा दमकका विभिन्न स्थानमा छायांकन गरिएको सो भिडियोको निर्माण भने गजमेर काठ फर्निचर उद्योग उर्लाबारीले गरेको हो । भिडियोलाई बुढासु्ब्बा डिजिटल युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको छ ।
म्यूजिक भिडियो हेर्नुहोस् :
https://youtu.be/5jLay-geQps