६ सय ५ परिवारलाई फूड प्रदान गरिदै `फूड बैंक´ को समापन

फुड बैंकमा हालसम्म ३ हजार ५ सयबढी परिवारले लाभ लिईसकेको यसै अभियानका आर्थिक संयोजक सुमन कुरुङ्बाङले बताउनु भयो।

पथरी शनिश्चरे / लकडाउनका कारण विपन्न परिवारको चुल्हो निभ्न नदिन पथरी शनिश्चरेका युवाहरु सञ्चालनमा ल्याएको `फूड बैंक´को शनिबार एक कार्यक्रमका बिच समापन गरिएको छ।

समापन कार्यक्रममा नगरभित्र वा नगर बाहिरका आर्थिक रुपले अति विपन्न,असहाय,अशक्त ६ सय ५ परिवारले खाद्यान्न लगेका छन् । कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख दिलिपकुमार राईले पथरी शनिश्चरे-१० कि मिर्गौला पिडित देविमाया तामाङ्गलाई २५ केजि चामल, ५ केजि दाल र २ लिटर खानेतेल सहयोग गर्दै कार्यक्रमको उद्घघाटन गर्नुभएको थियो।

कोरोना भाइरसको संक्रमण दैनिकी बढिरहेको कारणले गर्दा भदौ १२ गतेबाट सुरु गरि १६ दिनसम्म चलेको फुड बैंकमा हालसम्म ३ हजार ५ सयबढी परिवारले लाभ लिईसकेको यसै अभियानका आर्थिक संयोजक सुमन कुरुङ्बाङले बताउनु भयो।

प्रमुख अतिथि नगरप्रमुख दिलिपकुमार राईले सो कार्यक्रममा बोल्दै सम्पुर्ण आयोजक टिमलाई विपन्नको पेट भरेकोमा धन्यवाद दिनुभयो।साथै उहाँले कोरोनाको जोखिम कायम रहेकाले सबैलाई सुरक्षित रहन पनि आग्रह गर्नुभयो। फुड बैंकको संयोजक प्रदिपकुमार राईले कार्यक्रमलाई सफल बनाउनमा सहयोग गर्ने सम्पुर्ण अभियान्ता,देश विदेशमा रहेको सहयोगी मन,बुद्धिजीवीलगायत प्रती कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगी हात निरन्तर बढाउने कुरा बताउनु भयो।

विशिष्ट अतिथि नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाले सो कार्यक्रम फुड बैंकको जेष्ठ अभियान्ता इन्द्रकुमारी काङ्बालाई दोसल्ला ओडाएर सम्मान गर्नुभयो।सो समापन कार्यक्रममा डा.देउमान सम्बाहाम्फेको विशेष उपस्थिति रहेको थियो। आर्थिक संयोजक सुमन कुरुङ्बाङलाई खाद्यान्न र रकम गरि जम्मा कति आर्थिक संकलन भयो भनेर प्रश्न गर्दा त्यसको सम्पुर्ण विवरण चाडैं पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने बताउनुभयो ।

हामी छौं त केवल एक अर्काका लागि छौं’, ‘सकिन्छ मुठी खोलौं, सकिदैन लिएर जाउँ’ भन्ने मुल नाराका साथ अभियानमा युवाहरुलाई गरिमा अनलाइन टेलिभिजन, हाम्रो फाउण्डेशन, भूटानी शिविर व्यवस्थापन समिति, प्रतिभा समाज सुधार युवा क्लब र पथरीशनिश्चरेको व्यवस्थापनमा सो ‘फुड बैंक’ सञ्चालनमा ल्याइएको हो।

Back to top button