साइँली जोडीको गाउँघरै रमाइलो सार्वजनिक (भिडियो सहित)

'गाउँघरै रमाइलो' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

कानेपोखरी /  आफ्नै गाउँघरमा दुःख गरेर जीविकोपार्जन गर्ने प्रेमिल जोडीको कथामा आधारित रहेर तयार पारिएको ‘गाउँघरै रमाइलो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सुन साइँली…’ गीतबाट लोकप्रियताको शिखरमा पुग्न सफल भएको जोडि नायक गौरव पहारी र नायिका मेनुका प्रधानले यस भिडियोमा पनि फरक र जीवन्त अभिनय गरेका छन् ।

शुक्रबार ओ.एस.आर डिजिटल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोका गायक साजन राई हुन् ।यस गितमा रमेश कार्कीको शब्द रहेको छ भने सङ्गीत गायक राईकै रहेको हो । सन्जीव बराइलीले एरेन्ज गरेको गीतलाई प्रदीप जोशीले मिक्सिङ गरेका हुन् ।

भिडियोलाई किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाम्पेले निर्देशन गरेका हुन् । भुपेन्द्र स्वयंले खिचेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

साजन राईको आवाज रहेको गीतले आफ्नो माटो र यस माटोले जोडिदिएको सम्बन्ध नै राम्रो र आफ्नो गाउँघर रमाइलो हुन्छ भन्ने भाव बोकेको छ ।

हेर्नुहोस् भिडियो ।।

Back to top button