फुड बैंकद्वारा आयोजित रक्तदानमा ८८ पिन्ट रगत संकलन

रक्तदान कार्यक्रममा ८८ पिन्ट रगत संकलन भएको यसै कार्यक्रमका एक सदस्य सुमन बिक ले जानकारी दिनुभयो।

पथरी शनिश्चरे /  पथरी शनिश्चरे -१० शिविर डाँडामा फुड बैंकद्वारा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा ८८ पिन्ट रगत संकलन भएको यसै कार्यक्रमका एक सदस्य सुमन बिक ले जानकारी दिनुभयो।

लामो समयदेखी जारी रहेको बन्दाबन्दीले अस्पतालहरुमा रगत अभाव देखिन थालिसकेको अवस्थालाई मध्यनजर गर्दै सो कार्यक्रमको आयोजना गरिएको यसै कार्यक्रमका संयोजक प्रदिपकुमार राइले बताउनुभयो।

सो कार्यक्रममा प्रदिपकुमार राई,आर्थिक संयोजक सुमन कुरुङ्बाङ १० नम्बर वडासदस्य मैना आचार्य, पत्रकारद्वय गोपाल काफ्ले, विबेक न्यौपाने र भुवन थापालगायत स्थानीयहरुले रगत दान गरेका थिए।

यस कार्यक्रमलाई रेड्क्रस सोसाइटी मंगलबारेले प्राविधिक सहयोग गरेको हो।कार्यक्रमलाई सफल बनाउन पथरी शनिश्चरे नगरका प्रमुख दिलिपकुमार राई,स्वास्थ्य संयोजक मुरारी आचार्यलगायतको विशेष उपस्थिति रहेको थियो।

Back to top button