पथरी शनिश्चरेका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

उनीहरुलाई कोभिड अस्पताल गोठगाउँमा पठाइएको छ ।

पथरी शनिश्चरे / मोरङको पथरी शनिश्चरेमा थप ३ जनामा कोरोना भाइरस देखिएको छ ।

पछिल्लो पटक क्वारेन्टिनका २८ सहित ८७ जनाको पीसीआर स्वाब परीक्षणमा १ जना क्वारेन्टिनका, १ जना समुदायका र एकजना इलाका प्रहरी कार्यालयमा रहेका थुनुवामा भाइरस देखिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो ।

उनीहरुलाई कोभिड अस्पताल गोठगाउँमा पठाइएको छ ।

उनीहरुको अवस्था सामान्य रहेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको ८७ जनाको स्वाबमा ३ जनाको रिपोर्ट पुःन परीक्षण गरिने भएकाले उनीहरुको रिपोर्ट आउन बाँकी रहेको छ ।

नगर प्रमुख दिलीपकुमार राईले कोरोना संक्रमणबाट बच्न भौतिक दूरी कायम गर्दै स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा अनुरोध गर्नुभएको छ ।

Back to top button