बिकास र सुमित्राद्वारा`फुड बैंक´लाई सहयोग

यसैबिच पथरीशनिश्चरे-०१ निवासी बिकास विश्व र सुमित्रा सुनारले बैंकलाई १० हजार आर्थिक सहयोग गरेका छ्न।

पथरी शनिश्चरे / बिपन्न वर्गका परिवारहरुको पेट भर्नका लागि महत्वपूर्ण भुमिका खेलेको पथरी शनिश्चरेको फुड बैंकले निरन्तर सफलता पाईरहेको छ।

भदौ १२ गते देखि सञ्चालनमा आएको फुड बैंकलाई १५० भन्दाबढी व्यक्तिहरुले र विभिन्न संघसस्थांहरुले आर्थिक तथा खाधान्न सामग्रीहरु अतुलनीय रुपमा सहयोग गरिरहेका छ्न।

यसैबिच पथरीशनिश्चरे-०१ निवासी बिकास विश्व र सुमित्रा सुनारले बैंकलाई १० हजार आर्थिक सहयोग गरेका छ्न। सामाजिक कार्य गर्न रुचाउने विश्वले खुसी व्यक्त गर्दै सहयोग गर्दा आत्मसन्तुष्टि हुनै बताउदै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताउनुभयो। प्रत्येक दिन १२५ भन्दाबढी आर्थिक अवस्था कमजोर भएका परिवारहरुले लाभ लिइरहेका छ्न।यो अभियान अन्तर्गत वडा-वडामा पुर्याउने काम गरियो।जसमा,वडा नम्बर १० सहित ९,८,६,४ र १ का कुल १८ सय परिवारहरुलाई खाद्यान्न प्रदान गरिसकिएको अभियानका संयोजक प्रदिपकुमार राईले बताउनुभयो। साथै उहाँले बैक स्थापना गरिएको स्थानबाट सोही वडाका परिवारहरुले र अन्य छिमेकी पालिकाकोले समेत फुड लगिरहेको जानकारी दिनुभयो।

हालसम्म सो बैंकमा ७ लाख रुपैयाँ बराबरको आर्थिक र खाद्यान्न सामग्री संकलन भइसकेको सो अभियानका आर्थिक सदस्य सुमन कुरुङ्बाङलेले जानकारी गराउनुभयो।

अब केहि दिनमै अन्य वडामा पनि सो अभियान सुरु गरिने उहाँले बताउनुभयो । नगरभित्र वा नगर बाहिरका आर्थिक रुपले अति विपन्न, असहाय, असक्त परिवारलाई प्रति परिवार ५ किलोग्राम चामल,१ पोका खाने तेल र आधा केजि दाल उपलब्ध गराइदै आएको यसै अभियानका सदस्य सुमन बिकले जानकारी दिनुभयो।

हामी छौं त केवल एक अर्काका लागि छौं’, ‘सकिन्छ मुठी खोलौं, सकिदैन लिएर जाउँ’ भन्ने मुल नाराका साथ अभियानमा युवाहरुलाई गरिमा अनलाइन टेलिभिजन, हाम्रो फाउण्डेशन, भूटानी शिविर व्यवस्थापन समिति, प्रतिभा समाज सुधार युवा क्लब र पथरीशनिश्चरेको व्यवस्थापनमा सो ‘फुड बैंक’ सञ्चालनमा ल्याइएको हो। जुन अभियान देखेर देश तथा बिदेशबाट निरन्तर सहयोग जुटिरहेको छ।

यसका साथै उर्लाबारीस्थित कृषालय एग्रोग्रेट प्रालिले सो अभियानमा खट्नेहरुका लागि ३ सय थान मास्क उपलब्ध गराएको छ । कोरोनाको जोखिमबाट बच्ने सन्दर्भमा १० नम्वर वडा कार्यालयले १० नम्वर वडास्थित ‘प्रहरीको साथी म’ लाई निःशुल्क बिमा गरिदिएको छ । साथै ‘फुड बैंक’को व्यवस्थापनमा पनि सघाएको छ ।

१ हप्तादेखी सञ्चालमा आएको फुड बैंक अझ केही दिन चल्नेछ।

Back to top button