जनचेतनामूलक छोटो चलचित्र `कोरोना´ सार्वजनिक (भिडियोसहित)

कानेपोखरी गाउँपालिका वडा नम्वर २ थारु टोलले जनचेतनामूलक छोटो चलचित्र “कोरोना भाग-१” तयार गरेको छ।

कानेपोखरी / कोरोना भाईरसको संक्रमणबाट बच्न के-कस्ता सावधानीका उपायहरु अपनाउनुपर्छ भन्ने सचेतना जगाउने उद्धेश्य स्वरुप कानेपोखरी गाउँपालिका वडा नम्वर २ थारु टोलले जनचेतनामूलक छोटो चलचित्र “कोरोना भाग-१” तयार गरेको छ।

बिआरसी स्टुडियोको युट्युव च्यानलमार्फत उक्त चलचित्र शनिबार सार्वजनिक गरिएको हो ।

भिडियोमा कोरोना संक्रमीत हुनबाट कसरी बच्ने र भइहालेमा नआत्तिकन सुरक्षा सावधानी अपनाए कोरोनालाई सहजै परास्त गर्न सकिने रहेछ भन्ने सन्देश प्रस्तुत गरिएको छ । भिडियोमा भुमी दुलाल,बिध्यानन्द चौधरी,कृष्णकुमारी कोईराला,रोशन रुचाल,सुनिता आचार्य,शिशिर पौडेललगायत अभिनय रहेको छ ।

सर्ट फिल्मको कथा लेखन,छायांकन, सम्पादन तथा निर्देशन भगत चौधरीको रहेको छ। ९ मिनेट ४७ सेकेन्डको यस भिडियोको दोश्रो शृङ्खला चाडैं आउने यसै भिडियोको एक कलाकार बिध्यानन्द चौधरीले जानकारी दिनुभयो।

भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोस् ।।

Back to top button