फ्री सेवा समाजद्वारा मिर्गौला पिडित फुलमायालाई आर्थिक सहयोग

फुलमाया तामाङलाई उपचारका लागि ९२ हजार ७ सय ५० रुपैयाँ रकम सहयोग प्राप्त भएको छ।

कानेपोखरी / कानेपोखरी-०६, निवासी दुबै मिर्गौलामा समस्या भएकी फुलमाया तामाङलाई उपचारका लागि ९२ हजार ७ सय ५० रुपैयाँ रकम सहयोग प्राप्त भएको छ।

राष्ट्रिय युवा जागरण मञ्चका प्रवास कमिटी अध्यक्ष एवं फ्री सेवा समाजका अग्रज व्यक्तित्व समाजसेवी सिमान्त लोक जोगिको विशेष पहलमा सो सहयोग जुटेको हो। राष्ट्रिय युवा जागरण मञ्च कानेपोखरीका संरक्षक एवं नेकपा मोरङ जिल्ला सदस्य एवम कानेपोखरी पार्टी सचिब मनोजकुमार राजबंशी र फ्री सेवा समाजका अध्यक्ष भिमलाल जोगिले उक्त रकम बिरामी फुलमायालाई हस्तान्तरण गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन।

फ्री सेवा समाज नेपाल कानेपोखरी-६ मोरङको तर्फबाट डोलेश्वोर जोगिले १५ हजार,सिमान्त लोक जोगि-१० हजार, गिता जोगिले ४ हजार,योगेन जोगिले ३ हजार र भुपमाया जोगिले ५ हजार गरि जम्मा ३७ हजार जुटेको हो।

त्यस्तै अन्य ठाउँबाट सहयोग गर्नेहरु मोरङ कानेपोखरी-०६ निवासी मिना लिम्बूले ८ हजार,सुमित्रा तामाङले ५ हजार,पथरीशनिश्चरे-१५ निवासी बुना मगरले ३ हजार,संखुवासभाका सुबाश जोगिले ३ हजार,भोजपुर बोया-०४ का भिम मगरले ४ हजार,तेह्रथुम फेदाप-२ का ज्ञान बहादुर कार्कीले २ हजार ३० रुपैयाँ र धनबिर जोगिले ३ हजार ,धनकुटाका कमल तामाङ र बिना खडकीले क्रमश ५-५ हजार र संखुवासभा चैनपुर-०७ कि अन्जना शेर्पाले ७ हजार ७ सय २२ रुपैयाँ गरि जम्मा ४५ हजार ७ सय ५० रुपैयाँ संकलन भएको हो।

जम्मा संकलित रकम ८२ हजार ७ सय ५० रुपैयाँ गरि स्थानीय पत्रकार भोला भट्टराईको पहलमार्फत युकेमा रहेका लोकेन्द्र लिम्बूले १० हजार सहयोग गरेका हुन।

कार्यक्रममा फ्री समाजका पदाधिकारीहरु,समाजसेवी तथा राजनीतिज्ञ मनोजकुमार राजबंशी,इन्द्र सुब्बा ,भोजबिर माझी,भुपेन्द्र सुब्बा ,भुमी दुलाल,सन्तोष फुयाल,दुर्गा गौतम ,पत्रकारहरु भोला भट्टराई,बिध्यानन्द चौधरी ,भगत चौधरीलगायतको उपस्थिति रहेको थियो।

सहयोग रकम लिदै बिरामी फुलमायाले यो सहयोगले स्वास्थ्य सुधारमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद दिनुभयो।

Back to top button