होम आईसोलेसनमा बसेका वृद्धले कोरोना जिते

कानेपोखरी गाउँपालिका-०४,बयरबन निवासी ८१ बर्षिय भरतबहादुर कार्कीले कोरोना परास्त गरेका छ्न।

कानेपोखरी / कानेपोखरी गाउँपालिका-०४,बयरबन निवासी ८१ बर्षिय भरतबहादुर कार्कीले कोरोना परास्त गरेका छ्न।

भदौ ३ गते कोरोना पुष्टि भएयता आफ्नै निजि निवासमा होम आईसोलेसन बसिरहेका उनि १५ दिनपछि कोरोना मुक्त भएको कानेपोखरी गाउँपालिका स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारीले बताउनुभयो।

भदौ १५ गते स्वाब संकलन गरि प्रदेश प्रयोगशाला बिराटनगर पठाईएको थियो।सो रिपोर्ट आज बिहिवार नेगेटिभ आएको हो। यी वृद्धका चारजना छोराहरु छ्न जो आ-आफ्नै व्यवसायमा संलग्न भई विभिन्न ठाउँमा बसोबास गरिरहेका छ्न।कोरोना देखिनुभन्दा केही दिनअघिदेखि स्वस्थ्यमा समस्या आएपछी स्थानीय ओझा थरका युवाको सहयोगमा उनलाई उर्लाबारीको मंगलबारे अस्पताल लगियो।

उर्लाबारीमा उनका एक छोरा बसोबास गर्छन।त्यहाँ उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछी उनलाई पुनः बिराटनगरको कोशी अस्पताल उपचारको लागि लगियो।उपचारअघि स्वाब परिक्षण गर्नुपर्छ भनी स्वास्थ्यकर्मीले सुझाव दिएपछी स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ आयो।बिरामी वृद्धका अर्का छोरा बिराटनगरमा आफ्नै व्यवसायमा संलग्न छ्न।घरमा राख्दा स्वास्थ्यमा झन जटिलता आउन सक्ने संभावना देखिएपछी आईसोलेसनमा राख्न सम्पुर्ण कोभिड केन्द्रमा पहल गर्दापनी बेडको अभाव देखियो त्यसपछि अन्तिम र एकमात्र विकल्प देखियो होम आईसोलेसन।

तीनदिनसम्म विराटनगरमा छोराको कोठाको बसाईपछी उनलाई आफ्नै निज-निवास कानेपोखरी-०४ बयरबन ल्याइयो। आफ्नी अशक्त श्रीमती जो शारीरिक रुपले कमजोर छिन उनिसंग बस्दै आएका उनको हेरचाह अब कस्ले गर्ने? भन्ने प्रश्नमा उत्तर बन्न पुगे समाजसेवी मनकारी व्यक्तित्व कानेपोखरी-०४ निवासी बिरामीका छिमेकी ओमप्रकाश ओझा।

आपत पर्दा टाढाको भगवान भन्दा नजिकको दुश्मन नै काम लाग्छ।साथ,सहयोग,माया र हौसला जीवन जिउनको लागि सहज बनाउने तत्वहरु हुन।हो,यी सम्पूर्ण तत्वले भरिपुर्ण भएका व्यक्ति हुन मात्र २७ बर्षिय ओझा युवक। उनिले एक उदाहरणिय कार्य गरेर एक बिरामीलाई जिउने साहस दिएका थिए।शारीरिक रुपले तन्दुरुस्ती हुँदा त आफन्तको आवश्यकता खासै नपर्ला तर अशक्त हुँदा अत्यावश्यक हो।त्यही अत्यावश्यक बने यी ओझा युवक। कोरोना पुष्टि भएका छिमेकी होस् या आफन्त नै किन घृणा गर्ने,छेउछाउमा नजाने,एक्लै छाडिदिने,सहयोग नगर्ने प्रवृति हामीले दैनिक जसो सुन्दै आएका हौं।यदि बिरामीलाई सकारात्मक कुराहरु,माया,हौसला प्रदान गर्ने हो भने बालकदेखि पाको वृद्धवृद्धासम्मलाई कोरोनाबाट परास्त गर्न सकिने रहेछ यसको उदाहरण बने यी ८१ बर्षिय वृद्ध जसलाई स्थानीय मनकारी ओमप्रसादले दिनहुुँ आवश्यक सावधानी अपनाएर स्याहारसुसार गर्ने,औषधि खुवाउने,आवश्यक पौष्टिक आहारको व्यवस्थापन गर्नेलगायतका कार्यहरु होम आईसोलेसनमा राखेर गरिरहेका थिए।

अहिले कोरोना रिपोर्ट नेगेटिभ आएसंगै सहयोग गर्ने युवा,छिमेकीहरु र सम्पूर्ण पालिकाबासी खुसी भएका छ्न।यदि घरमै राखेर व्यवस्थित तवर राम्रोसंग हेरचाह गर्ने हो भने हस्पिटलको आईसोलेसन भन्दा होम आइसोलेसन निकै प्रभावकारी हुने स्वास्थ्य संयोजक राजभण्डारी बताउनुहुन्छ।

Back to top button