हङकङ नेपाली महासंघलाई निशुल्क घर

नेपाली संघसस्थाहरुको छाता संगठन हङकङ नेपाली महासंघले निशुल्क घर पाएको छ ।

यसअघि नेपालीहरुकै संस्था एकिकृत नेपाली समाज (हिन्स) ले पनि सरकारी घर पाएको थियो । महासंघ स्थापनाकालबाटै भाडामा बसिरहेको थियो । सरकारी घर पाएपछि महासंघलाई आफ्ना दैनिक सामाजिक कार्य र नेपाली समुदायका सीप, कौशल र प्रतिभा उजागरका विविध कार्यक्रम गर्नका लागि सहज हुने भएको छ ।

हङकङमा नेपालीहरुको उल्लेखय बसोबास रहेको याउचिमोङ् डिष्ट्रिक अन्र्तगत मंकोक, नाथन सेन्टरको १५औ तलामा महासंघले आफ्नो फ्लाट पाएको हो । महासंघका अध्यक्ष टकं राना भन्छन् – “यो प्राप्ति सम्पुर्ण नेपालीहरुको लागि गौरवको विषय हो । हामी हङकङमा रहेका नेपाली समुदायका लागि काम गरिरहेका छौ । समुदायको सिप, कौशल र क्षमता अभिवृदिसँगै सहयोगको हरेक क्षेत्रमा हातेमालो गरिरहेका छौ । सरकारी तवरबाट हाम्रो कामको पहिचानस्वरुप सरकारी घर पाउँनु समुदायकै सफलता हो । अव हामी, हाम्रो समुदाय हितका विभिन्न प्रयोजनका लागि यसको सदुपयोग गर्नेछौ ।”

लामो समयको ताकेता र समुदायका लागि उत्कृष्ट कार्य गरेकै आधारमा सरकारी भवन प्राप्त भएको नेपाली समुदायका लागि सिएसटिएन प्रोजेक्ट प्रमुख रीता गुरुङ बताउँछिन् ।

सरकारी भवन उद्घाटन कार्यक्रममा महासंघका भुतपुर्व अध्यक्षहरु, विभिन्न संघसस्थाका प्रतिनिधी, वुद्धिजिवी, सल्लाहकार, विद्यार्थी लगायतले आगामी कार्यक्रमको लागि शुभकामना दिएका थिए ।  तस्बिर : नेपाल एचडिडी टिभी 

अनोज रोक्का (अन्नपुर्णपोष्ट दैनिकबाट)

Back to top button