कानेपोखरीको फुड बैक : ५३६ भन्दा बढी लाभान्वित

कानेपोखरी / मोरङ्गको कानेपोखरी गाउँपालिकामा सञ्चालनमा ल्याइएको फुड बैकबाट लाभान्वित हुनेको संख्या ५३६ भन्दा बढी पुगेको छ।

भदौ १२ गते शुक्रबारदेखि वडा न.६ बरगाछीबाट सुरु भएको बैंकले विपन्न परिवारको पेट भर्नमा सहयोग गरेको फुड बैंकका संयोजक हिमप्रसाद तिम्सिनाले बताउनुभयो।

तिम्सिनाका अनुसार पालिकाभित्र र बाहिर बसोबास गर्ने अति विपन्न,असहाय,असक्त परिवारलाई प्रति परिवार ३ किलोग्राम चामल, १ केजी दाल, आधा लिटर खाने तेल,१ केजी नून र १ केजि स्याबिनसहित १ वटा साबुन उपलब्ध गराइएको छ। पालिका भित्रका विभिन्न संस्थामा आवद्ध सहयोगि मनहरुले साथै अन्य मनकारी मानिसहरुले खाद्यान्न साथै आर्थिक सहयोग निरन्तर गरिरहेका छ्न। तिम्सिनाका अनुसार हालसम्म १०० भन्दा बढि व्यक्तिगत सहयोग र २ वटा मनकारी संस्थाहरु सुनकोसी बचत तथा ऋण सहकारी र मितेरी बैंक कानेपोखरी-०६,रमाइलोले आर्थिक तथा खाद्यान्न सहयोग गरेको जानकारी दिनुभयो।

“हुनेले दिने,नहुनेले लिएर जाने” भन्ने मुलनाराका साथ कानेपोखरीका चारवटा परोपकारी संस्थाहरु नेपाल रेडक्रस सोसाइटी बयरबन उपशाखा, रमाइलो जेसिस, व्यापार प्रबन्ध समिति र लायन्स क्लब अफ कानेपोखरीको संयुक्त आयोजनामा `फुड बैक´ सञ्चालन गरिएको हो।

बिहान ७ बजेदेखी १० बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने बैंकका संयोजक तिम्सिनाले यस्तो खालको कार्यक्रम सञ्चालन गर्न केही चुनौतीहरु छन तर ती चुनौतीहरुलाई पार गर्दै पालिका भरीका विभिन्न स्थानमा यो कार्यक्रम केही दिनमै लजाने र पालिका भरी समस्यामा परेका अति विपन्न परिवार समक्ष खाद्यान्न पुर्याउन लागिएको छ ।

कोरोनाको कारणले भन्दा पनी भोकमारीले अब मानिसको मृत्यु हुने सम्भावना रहेकाले फ्रन्ट लाइनमै रहेर सम्पुर्ण आयोजकले कार्य गरिरहेको यसै कार्यक्रमका एक सदस्य गणेश सुवेदीले बताउनुभयो।

अब चाडैं वडा न. २ मा सञ्चालन गर्न योजना रहेको छ भने यो कार्यक्रम लगभग १ महिनासम्म चल्नेछ।

Back to top button