कानेपोखरीमा पुनः एक पुरुषको कोरोना रिपोर्ट पोजिटिभ

उपचारको क्रममा भदौ १४ गते उनलाई कोरोना पुष्टि भएको हो।

कानेपोखरी / कानेपोखरी गाउँपालिकामा पुनः एकजना ४७ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

विराटनगरस्थित न्युरो हस्पिटलमा उपचारको क्रममा भदौ १४ गते उनलाई कोरोना पुष्टि भएको हो।वडा न.३ निवासी उनको साउन २८ गते खुट्टा सुनिन्ने समस्या भएपछी कानेपोखरी-०६, रमाइलोको कंकालिनी क्लनिकमा लगिएको थियो।सोही दिन पथरीको एक हस्पिटल लगेपश्चात उतैबाट बिपि प्रतिष्ठान धरानमा लगेर १ दिन राखेपछी फेरि उनलाई साउन २९ गते विराटनगरनगरको न्युरो हस्पिटलमा भर्ना गरियो।

केहिदिनको न्युरो बसाईपछी उनको स्वाब संकलन गर्दा भदौ १४ गते उनमा कोरोना संक्रमण देखिएको कानेपोखरी स्वास्थ्य प्रमुख रोहिन्द्रकुमार राजभण्डारीले बताउनुभयो।संक्रमीत हाल न्युरो हस्पिटलको आईसोलेसनमा रहेको पनि उहाँले जानकारी दिनुभयो।

हालसम्म कानेपोखरीका ६ जनामा कोरोना संक्रमण देखिएको छ भने रमाइलोस्थित जनसेवा मावीको क्वारेन्टाइनमा मंगलबार दुईजना भारतबाट आएका थपिएसंगै त्यस स्थानमा बस्नेको संख्या ७ पुगेको स्वास्थ्य प्रमुख राजभण्डारीले बताउनुभयो।

Back to top button