हङकङस्थित महावाणिज्यदूतावासको जरुरी सुचना

हङकङस्थित महावाणिज्यदूतावासले हङकङ तथा मकाउमा बस्ने नेपालीहरुका लागि फेसबुकमा जानकारी संम्प्रेषण गर्दै, दुतावासको फेसबुक पेजमा थप जानकारी तथा सुचनाका लागि अपडेट रहन आग्रह गरेको छ ।
सूचना ।। सूचना ।।
COVID-19 का कारण अन्तर्राष्ट्रिय उडानहरु स्थगन भई सृजना भएको विषम परिस्थितिमा मकाउ तथा हङ्गकङ्गमा रहनु भएको सबै नेपाली दाजुभाई तथा दिदीबहिनीले देखाउनु भएको धैर्यताका लागि यस महावाणिज्यदूतावास धन्यबाद व्यक्त गर्दछ।
छिट्टै नै हङ्गकङ्गबाट काठमाण्डौं हुने भनिएको उडान मार्फत मकाउ तथा हङ्गकङ्गमा रही नेपाल फर्कन यस महावाणिज्यदूतावासको फेसबुक पेजमा २ जुन 2020 मा राखिएको लिन्कमा गई फाराम भर्नुहुने व्यक्तिहरुको नामावली लगायत अन्य विवरण तथा यात्रा गर्नु भन्दा अगाडी अपनाउनु पर्ने कार्यविधीहरुको बारेमा शिघ्र सूचना जारी गरिने हुनाले फर्कने प्रयोजनका तथा अन्य सूचना केही भएमा यही फेसबुकबाट सूचित गरिनेछ।

Back to top button