कोरोना कहर : सहजताको बाटोमा हङकङ

हङकङमा अहिलेसम्म ४,८११ जनामा कोरोना संक्रमण देखिएको छ भने ८९ जनाले ज्यान गुमाईसकेका छन् ।।

हङकङ / अगस्ट ३१ हङकङमा ९ जनामा मात्र कोरोना संक्रमण देखियो । अगस्ट २८ बाट क्रमश १३, १८, १५ हुदै कोरोना सक्रमंणदरमा आशातित सुधार भईरहेको छ ।

कोरोनाको त्रास लगभग समाप्त भएको अवस्थामा तेश्रो छालकोरुपमा हङकङमा एकाएक संक्रमण फैलिएको थियो ।

विगतमा विभिन्न देशहरुबाट फर्किएकाहरु, कोरोना संक्रमणपछि निको भएकाहरुलाई मात्र सक्रमण देखिएको थियो । तेश्रो छालकोरुपमा फैलिएको कोरोनाले स्थानिय विद्यार्थी, सार्वजनिक सवारी चालक, होटल रेष्टुरेन्टमा कार्यरत कर्मचारी लगायत संक्रमित भए । अज्ञात श्रोतकोरुपमा समुदायमा फैलिएको भाईरस सरकारको चासो र चिन्ताको बिषय भयो ।

संक्रमणको माध्यमबिना भुसको आगोसरि समुदायमा फैलिएको भाईरस संक्रमणलाई कम गर्न र थप महामारी हुन नदिनका लागि हङकङ सरकारले कडा नियम जारी गर्यो । सार्वजनिक स्थानहरुमा हुने भिडभाडलाई कम गर्नका लागि २ जनाभन्दा बढि भेला हुन नपाउँने, यदि भएमा २५ हजार डलर र ६ महिना जेलको सजाय हुने नियमको उद्घोष गरियो । होटल तथा रेष्टुरेन्टहरुमा अनिवार्य सामाजिक दूरिको नियम लागु गर्नुपर्ने । बेलुकी ६ बजेबाट होटलमा बसेर खान नपाईने, सिनेमा हल, डान्सबार, सार्वजनिक पार्क लगायतका स्थानहरुलाई पुर्णरुपमा बन्द गरियो ।

लगभग १ महिनाको पुर्णतया कडा सार्वजनिक नियमले समुदायमा कोरोना संक्रमणको दर घटेको विज्ञहरु बताउँछन् । मार्गेरेट अस्पताल, संक्रामक रोग ब्यवस्थापनका मेडिकल निर्देशक डा.वान साङ् टक भन्छन् “समुदायमा अज्ञात श्रोतबाट फैलिएको कोरोना संक्रमण हाम्रो लागि चुनौतिको बिषय थियो । संसारले भोगिरहेको यो पिडामा तेश्रो छालकोरुपमा समुदायमा महामारी फैलिएकोप्रति हामी गम्भिर तवरले अनुसन्धानमा लागि रहेका थियौ । हाम्रो सफलता मान्नु पर्छ कि, संक्रमणको दरलाई न्युनिकरण गर्न केहि हदसम्म सफल भएका छौ, सवैले अनिवार्यरुपमा जारी गरिएका नियमहरुलाई पालना गर्दै कोरोना निर्मुलको अभियानमा साथ दिनुहुनेछ ।”

त्रास कम, शुरु भयो चहलपहल

संक्रमणको दर न्युन भएसँगै होटल तथा रेष्टुरेन्टमा बसेर खान पाउँने समयलाई बेलुकी ९ बजेसम्म बढाईको छ । अन्य सामाजिक नियमहरुमा समेत सहजता बनाईएसँगै महिनौं बन्द भएका होटल तथा रेष्टुरेन्टहरु खुल्न थालेका छन् ।

हङकङका नेपालीहरुमाझ चर्चित बगैंचा रेष्टुरेन्ट एण्ड पार्टी प्यालेसले आफ्नो फेसबुक पेजमा नयाँ मेन्यु सार्वजनिक गर्दै सवैलाई आउँनका लागि आग्रह गर्यो । बगैंचाका म्यानेजर नरेश सुनुवार भन्छन् – “यो कठिन परिस्थितीमा हामी उठ्ने प्रयास गरिरहेका छौ, करिब महिना दिनपछि खुलेका छौ । सरकारले जारी गरेको सामाजिक दूरि लगायतका नियमहरुलाई पालना गर्दै सेवा दिनका लागि तयार छौ ।”  यो सँगै दर्जनबढि नेपालीहरुको लगानी रहेको सार्वजनिक सेवाका ब्यवसायहरु सुचारु भएका छन् ।

निशुल्क कोरोना जाँच

हङकङ सरकारले समुदायमा कोरोना जनचेतना र निर्मुलीकरण अभ्यासका लागि सवैलाई कोरोना जाँचको लागि आग्रह गरेको छ । निशुल्क जाँचका लागि २९ अगस्टबाटै अनलाईन फारम भर्ने सुविधासमेत सार्वजनिक गरिसकिएको छ ।

कोरोना जाँचका लागि ३४०,००० ले स्वेछिक फारम भरिसकेका छन् । समुदायमा कोरोना निर्मलीकरणका लागि सवैले अनिवार्यरुपमा कोरोना जाँच गर्नुपर्ने स्वास्थ्य अधिकारीहरु बताउँछन् । हङकङको कुल जनसंख्या ७.५ मिलियनलाई नै केहि महिनाभित्रमा कोरोना जाँच गरिसकिने जनाईएको छ ।

सिटी नं २ चिफ सेक्रेटरी म्याथ्यु चेउगं भन्छन् कोरोना विरुद्धको यो लडाई निरन्तर चलिरहेको छ । कोरोनाको उपयुक्त खोप प्रयोगमा नआउन्जेलसम्मका लागि मानसिकरुपमा तयार हुन आवश्यक छ ।

हङकङमा अहिलेसम्म ४,८११ जनामा कोरोना संक्रमण देखिएको छ भने ८९ जनाले ज्यान गुमाईसकेका छन् ।।

तस्बिर : अनोज रोक्का
तस्बिर : अनोज रोक्का

Back to top button