कोरोनाबाट सिराहाका ६५ वर्षीय पुरुषको धरानमा मृत्यु

मृतकको शव दाहसंस्कारका लागि सिराहा पठाइएको छ ।

धरान : कोरोना भाइरस संक्रमणबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिराहा मिरचैया नगरपालिका ६ का ६५ वर्षीय पुरुषको निधन भएको छ ।  प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा उनको सोमबार राती मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।

उनका अनुसार मृतक लामो समयदेखि मधुमेह र उच्च रक्तचापका बिरामी थिए। भदौ १० गते विराट मेडिकलले रिफर गरेपछि प्रतिष्ठान भर्ना भएका थिए । मृतकको शव दाहसंस्कारका लागि सिराहा पठाइएको छ ।

Back to top button