पुर्वली गायक नन्दु गुरुङको ‘प्रिय तिमी…´को म्यूजिक भिडियो सार्वजनिक

शुक्रबार जमर्को ईन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलबाट सार्वजानिक गरिएको म्यूजिक भिडियोका गायक नन्दु गुरुङ हुन् ।

पथरी शनिश्चरे  / पुर्वली गायक नन्दु गुरुङको पारिवारिक कथामा आधारित रहेर तयार पारिएको ‘प्रिय तिमी…’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
शुक्रबार जमर्को ईन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलबाट सार्वजानिक गरिएको म्यूजिक भिडियोका गायक नन्दु गुरुङ हुन् ।
रामप्रसाद गुरुङको शब्द, अशोक थापाको एरेन्ज र जेनेरिक स्टुडियोको मिक्सिङ र मिक्चरिङ रहेको छ। भिडियोमा करण धिताल र रोजु श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन् । यस्तै सन्तोष किराती, ईन्द्र गुरुङ, सुरज प्रदान, डेरियन गुरुङको पनि अभिनय रहेको छ ।
मुहा क्रियसनको सम्पादन, अर्जुन सेन्चुरी र मुहासिङ थापा मगरको छायांकन रहेको छ भने सुरज प्रदानले ड्रोन सम्हालेका छन् ।
भिडियोलाई गायक तथा संगीतकार देव गुरुङले निर्देशन गरेका हुन् ।
भिडियो हेर्नुहोस् :
https://youtu.be/GxKl_Rf0S9U

Back to top button