पथरीको सज्जा बनिन `नेपाल आईडल सिजन-३´

विजेता चौलागाईंले उपाधिसहित ५० लाख रुपैयाँ समेत प्राप्त गरेकी छिन् ।

पथरी शनिश्चरे / मोरङ्ग पथरी शनिश्चरे नगरपालिकाकी सज्जा चौलागाईं रियालेटी शो `नेपाल आइडल सिजन-३´को उपाधी विजेता बनेकी छिन् । विजेता चौलागाईंले उपाधिसहित ५० लाख रुपैयाँ समेत प्राप्त गरेकी छिन् ।
सिजन-३ का फस्ट रनरअप बर्दियाका प्रवीण बेडुवाल भएका छन ।उनले १५ लाख रुपैयाँ हात पारे।
त्यसैैैगरी सेकेन्ड रनरअप महोत्तरी बर्दिबासका किरणकुमार भुजेल भएका छ्न। उनले पनि पाँच लाख रुपैयाँ प्राप्त गरे ।
एपी वान टेलिभिजनबाट प्रसारण हुने नेपाल आइडलको उपाधी यसअघि बुद्ध लामा र रवि ओडले विजय हात पारिसकेका छन् । गत चैत्रमा सकिनुपर्ने आइडल कोभिड-१९ का कारण शुक्रबार सकिएको हो।

Back to top button