जनसेवाको क्वारेन्टाइनबाट ९ जना बिदा भए

अब क्वारेन्टाइन ५ जना मात्र रहेको स्वास्थ्य प्रमुख रोहिन्द्रकुमार राजभण्डारीले जानकारी दिनुभयो।

कानेपोखरी  / कानेपोखरी गाउँपालिकास्थित जनसेवा माविको क्वारेन्टाइनबाट ९ जना घर फर्किएका छ्न।

यीमध्ये ७ जना पुरुष र २ महिला रहेका छ्न। शुक्रबार पिसिआर रिपोर्ट नेगेटिभ आएपछी उनिहरु घर फर्किएका हुन।भारतलगायतका देशबाट आएका उनिहरुको भदौ ९ गते स्वाब संकलन गरि प्रदेश १ को परिक्षण केन्द्र बिराटनगर पठाईएको थियो।

गाउँपालिका स्वास्थ्य प्रमुख रोहिन्द्रकुमार राजभण्डारी,क्वारेन्टाईन संयोजक खड्क बस्नेत,शाखा अधिकृत गोविन्द फुयाललगायत स्थानिय नेताहरुले उनिहरुलाई बिदाई गरेका थिए।

अब क्वारेन्टाइन ५ जना मात्र रहेको स्वास्थ्य प्रमुख रोहिन्द्रकुमार राजभण्डारीले जानकारी दिनुभयो।

Back to top button