कानेपोखरीको “फुड बैंक” सञ्चालनमा

'हुनेले दिने,नहुनेले लिएर जाने' भन्ने मुलनाराका साथ अगाडि बढेको यि चारवटा संस्थाहरुले ५/५ हजार आर्थिक संकलन गरेका छ्न।

कानेपोखरी / विश्व महामारी कोरोना भाइरसको संक्रमणबाट जोगिन लामो समयदेखीको बन्दाबन्दी (लकडाउन) का समयमा विपन्न परिवारहरुमा खाद्यान्नको संकट देखापर्न थालिसकेको छ।यहि कुरालाई केही हदसम्म समाधान गर्न मोरङको कानेपोखरीमा शुक्रबारदेखि ‘फुड बैंक’ सञ्चालनमा आएको छ ।

चारवटा परोपकारी संस्थाहरु नेपाल रेडक्रस सोसाइटी बयरबन उपशाखा, रमाइलो जेसिस, व्यापार प्रबन्ध समिति र लायन्स क्लब अफ कानेपोखरीको संयुक्त आयोजनामा ‘फुड बैक’ सञ्चालन गरिएको हो।

शुक्रबारदेखी खाद्यान्न प्रदान गर्नका लागि कानेपोखरी / ६ बरगाछी चोकको एक फंलैचामा बैकको रुपमा खाद्यान्न सामग्री राखिएको छ।
बिहान ७ बजेदेखी १० बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने बैकमा शुक्रबार बिहानसम्म ७५ भन्दा बढी आर्थिक रुपले विपन्न परिवारले खाद्यान्न सामग्री लगेका छ्न।

लकडाउनका कारण समस्यामा परेका पालिकाभित्र वा पालिका बाहिरका आर्थिक रुपले अति विपन्न, असहाय, असक्त परिवारलाई प्रति परिवार ५ किलोग्राम चामल, १ केजी दाल, आधा लिटर खाने तेल,१ केजी नून र १ केजि स्वाबिनसहित १ वटा साबुन पनि उपलब्ध गराइएको छ ।

‘हुनेले दिने,नहुनेले लिएर जाने’ भन्ने मुलनाराका साथ अगाडि बढेको यि चारवटा संस्थाहरुले ५/५ हजार आर्थिक संकलन गरेका छ्न।

पालिका भित्रका विभिन्न संस्थामा आवद्ध सहयोगि मनहरुले साथै अन्य मनकारी मानिसहरुले खाद्यान्न साथै आर्थिक सहयोग गरिरहेका छ्न। “महामारीले कसैलाई थोरै र कसैलाई धेरै असर गरेको छ थोरै असर गरेकाले सहयोग गरौं, बढी असर परेकाले लिएर जाऔं”  भन्ने मुल उद्देश्यले यो कार्यको थालनी गरेको यसै कार्यक्रमका समन्वय समिती संयोजक बिवेक लिम्बुले बताउनुभयो। यस प्रकारको परोपकारी कार्यको लागि नेपाल बाहिरका  प्रवासीहरुले पनि सहयोग गर्ने प्रतिबद्धता गरेको उहाँले जानकारी दिनुभयो।

परोपकारी अभियानका लागि विभिन्न पक्षबाट सहयोग जुट्ने क्रम बढेको छ । जसमा शुक्रबार बिहान जन्तलाल धिमाल,नगेन्द्र कोइराला, सुर्यप्रसाद कोइराला, गुणराज दंगाल, हरिप्रसाद कोइराला, खगेन्द्र नेपाल, ताराप्रसाद श्रेष्ठ, यदुनाथ तिम्सिना, चन्द्रीका दहाल, गोबिन्द न्यौपाने, हरिप्रसाद पौडेल, खगेन्द्र तिम्सिना, विजय गोपाल गड्तौला, रोहित कुमार अधिकारी, यादव कुमार भट्टराई, झलबहादुर लिम्बु, नवराज श्रेष्ठ, केवलराम कोइराला, सोमनाथ पौडेल, लोकेन्द्र लिम्बू र मनकुमारी गुरुङ्गले आर्थिक र खाद्यान्नका सामग्री प्रदान गरेको फुड बैक व्यवस्थापन समितीका सदस्य गणेश सुवेदीले बताउनुभयो।

सुवेदीले कानेपोखरीभरी सञ्चालन गर्ने योजना रहेको र लगभग एक महिनासम्म सञ्चालन हुनेपनि जानकारी दिनुभयो।

 

Back to top button