अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली आमाबुबा बन्दै

अनुष्का चार महिनाको गर्भवती छिन् । उनी पहिलो पटक आमा बन्न लागेकी हुन् ।

बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली आमाबुबा बन्दैछन् । उनीहरुले बिहिबार सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत आमाबुबा बन्ने घोषणा गरेका हुन् ।

उनीहरु दुवैले एकै तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘२०२१ जनावरीमा हामी तीन जना हुनेछौं ।’ अनुष्का चार महिनाको गर्भवती छिन् । उनी पहिलो पटक आमा बन्न लागेकी हुन् ।

अनुष्का र विराटले २०१७ डिसेम्बरमा विवाह गरेका थिए । अनुष्का पछिल्लो समय साहरुख खानको फिल्म ‘जिरो’मा देखिएकी थिइन् ।

 

Back to top button