कानेपोखरीमा ज्यान गुमाएका ५७ वर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

गत मंगलबार बेलुका ७ बजे मृत्यु भएका उनको स्वाब बुधबार दिउँसो संकलन गरेर विराटनगर पठाइएको थियो।

कानेपोखरी गाउँपालिकामा ज्यान गुमाएका ५७ बर्षिय पुरुषमा कोरोना भाइरस नेगेटिभ रहेको रिपोर्ट आएको छ।

वडा नम्बर-०६ बिहीबारे निवासी ५७ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आएको कानेपोखरी पालिका स्वास्थ्य संयोजक रोहिन्द्रराज भण्डारीले जानकारी दिनुभयो।

मंगलबार बेलुका ७ बजे मृत्यु भएका उनको स्वाब बुधबार दिउँसो संकलन गरेर विराटनगर पठाइएको थियो। दमका समेत बिरामी रहेका उनीमा केहि दिनदेखि ज्वरो आउने समस्या भएपछी होम क्वारेन्टिनमा बसेका थिए तर अकस्मात स्वास्थ्यमा गम्भीर समस्या आएपछी धरानस्थित बिपि प्रतिष्ठानमा लैजानेक्रममा बाटोमै मृत्यु भएको मृतकका आफन्तमध्येका एकले जानकारी दिनुभयो।

कोरोनाको कारणले मृत्यु भएको आशंका समुदायका मानिसहरु गर्न थालेपछि एकाएक त्रास फैलिएको थियो।

मृतक शव आजै व्यवस्थापन गरिएको पनि वडा न.०६ का अध्यक्ष खड्क बस्नेतले जानकारी दिनुभयो। हाल कानेपोखरी गाउँपालिका १३ गतेसम्मको लागि लकडाउन गरिएको छ भने वडा न.३ र ४ मा कोरोना संक्रमण समुदायस्तरमा देखा परेपछी यी दुई वडाहरु सिल गरिएको छ।

Back to top button