लकडाउनको सदुपयोग गर्दै अनलाइन चित्रकला प्रतियोगिताको आयोजना

भदौ २५ देखि भदौ ३१ सम्ममा चित्र पठाइसक्नु पर्ने उल्लेख छ ।

पथरी शनिश्चरे  / कला साहित्यको क्षेत्रमा प्रदेश १ मा सक्रिय मोरङको पथरी शनिश्चरेमा कोरोना भाइरसका कारण जारी बन्दाबन्दी (लकडाउन) को सदुपयोग गर्दै ०७६ को एसइइ परीक्षामा सामेलहरुका लागि अनलाइन चित्रकला प्रतियोगिताको आयोजना गरिएको छ ।

नगरपालिकाको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिको आयोजना र एभरेष्ट आर्ट फ्यूजनको सहयोगमा सञ्चालित प्रदेश १ स्तरीय प्रतियोगितामा भदौ २५ देखि भदौ ३१ सम्ममा चित्र पठाइसक्नु पर्ने उल्लेख छ । त्यसपछि प्रतियोगिताको फाइनल मिति तय हुनेछ । ‘लकडाउनमा भइरहेका सकारात्मक पक्ष र कामहरु’ शिर्षकमा चित्र तयार गर्न तोकिएको छ ।

जसमा प्रथम, द्वितीय, र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने कला साहित्य प्रवद्र्धन समितिकी कोषाध्यक्ष, एभरेष्ट आर्ट फ्यूजनकी संस्थापक अध्यक्ष प्राज्ञ सरोजा खड्गीले बताउनु भयो ।

साथै उत्कृष्ठ एक छात्र र एक छात्राले फाइन आर्ट कलेज पथरीशनिश्चरेमा अध्ययनका लागि ५० प्रतिशत छात्रबृत्ती प्राप्त गर्नेछन् ।

Back to top button