शिक्षाप्रेमी बिक्रमद्वारा विद्यार्थीलाई शैक्षिक साम्रगी प्रदान

पथरीशनिश्चरे / १ मा स्थापित हाम्रो फाउन्डेसनका सदस्य हाल पोर्चुगलमा बसोबास गरिरहेका बि.क ले आफ्नो जन्मदिनको अवसरपारी सो सहयोग गरेका हुन।

पथरी शनिश्चरे / पथरीशनिश्चरे नगरपालिका / १ को सृजना वस्तीका २० विद्यार्थीलाई शिक्षाप्रेमी बिक्रम बि.क. ले शैक्षिक
सामाग्री  वितरण गरेका छ्न।

पथरीशनिश्चरे / १ मा स्थापित ‘हाम्रो फाउन्डेसन’का सदस्य हाल पोर्चुगलमा बसोबास गरिरहेका बि.क ले आफ्नो जन्मदिनको अवसरपारी सो सहयोग गरेका हुन।

सो वितरण कार्यक्रमको सहजीकरण यसै फाउन्डेसनका सदस्य सुमन बि.क. लगायत फाउन्डेसनका प्रतिनिधिहरुले गरेका थिए। २० जना विद्यार्थीमध्ये १६ जना आधारभूत तहमा अध्ययन गर्नेलाई ६ का दरले कापी र ५ का दरले कलम र ४ जना बालकक्षामा अध्ययन गर्नेहरुलाई ६ का दरले कापी र १० का दरले पेन्सिल वितरण गरेको हाम्रो फाउन्डेसनका सदस्य सुमन बि.क. ले बताउनुभयो।

विगतका दिनमा पनि सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग गर्दै अगाडि बढ्ने यसै फाउन्डेसनका अध्यक्ष प्रदिपकुमार राईले जानकारी दिनुभयो।

Back to top button