कानेपोखरी – ४ पुर्णरुपमा सिल

भदौ ३ गते बुधबार साँझदेखि अर्को सुचना नआउन्जेलसम्मको लागि ४ न.वडा सिल गरिएको छ।

कानेपोखरी / कानेपोखरी गाउँपालिका – ४ मा आकस्मिक बसेको सर्वदलिय बैठकको निर्णय अनुसार भदौ ३ गते बुधबार साँझदेखि अर्को सुचना नआउन्जेलसम्मको लागि ४ न.वडा सिल गरिएको छ।

वडाका सम्पुर्ण मुख्य-मुख्य नाका पुर्णरुपमा सिल गरिएको र नियम चुस्तदुरुस्त तरिकाले पालना नगरे कारबाहीको भागेदार हुने समेत वडाअध्यक्ष धनबहादुर राईले बताउनुभएको छ।

यस अवधिमा कोही पनि घर बाहिर हिँडडुल गर्न नपाउने पनि राईले बताउनुभयो। बुधबार यस वडाका एक ८१ बर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै समुदायस्तरमा भाईरस नफैलियोस भन्ने उद्देश्यका साथ वडालाई सिल गरिएको हो।यस क्षेत्रका स्थानीयबासीलाई सर्तक रहन माइकिङ पनि गरिएको वडाअध्यक्ष राईले जानकारी दिनुभयो।

कानेपोखरी वडा न. ३ गत शुक्रबारदेखि सिल गरिएको छ। त्यस क्षेत्रका एक बिधुत प्राधिकरणका कर्मचारीमा कोरोना देखिएपछी सिल गरिएको हो।

Back to top button