
कानेपोखरी / कानेपोखरी गाउँपालिका निवासी एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
कानेपोखरी / ४ निवासी ८१ बर्षिया वृद्धमा आज कोरोना पोजेटिभ देखिएको हो।
स्वास्थ्यमा समस्या आएपछी भदौ १ गते प्रदेश कोभिड ल्याब बिराटनगर लगि गरिएको परिक्षणको रिपोर्ट आज आएको हो।उहाँ अहिले कोशी अस्पतालको आईसोलेसनमा नै रहेको पनि कानेपोखरीका स्वास्थ्य संयोजक रोहिन्द्रराज भण्डारीले बताउनुभयो।
अहिले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि कानेपोखरी गाउँपालिका भदौ ७ गतेसम्मको लागि लकडाउन गरिएको छ साथै कानेपोखरी / ४ मा समुदायस्तरमै कोरोना फैलिन थालेपछी अहिले वडा नम्बर ०४ लाई शिल गर्ने कि नगर्ने भन्नेबारे छलफल भइरहेको र चाडैं निष्कर्ष निकाल्नेपनी वडाअध्यक्ष धनबहादुर राईले जानकारी दिनुभयो।
हाल वडा नम्बर ३ शिल गरिएको छ जहाँ केही दिन अगाडि एकजना कोरोना संक्रमीत फेला परेका थिए।