कानेपोखरीमा भदौ ७ गतेसम्म लकडाउन थप

साउन ३२ गते बसेको गाउँपालिका विपत व्यवस्थापन समितीको बैठकले सो निर्णय गरेको हो।

कानेपोखरी मोरङ/ कानेपोखरी गाउँपालिकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भदौ ७ गतेसम्मको लागि लकडाउन थप गरिएको छ।

साउन ३२ गते बसेको गाउँपालिका विपत व्यवस्थापन समितीको बैठकले सो निर्णय गरेको हो। आज राती १२ बजेदेखी भदौ ७ गते राती १२ बजेसम्म पालिकाभित्र खाद्य मल, भेटनगरी, औषधी पसलहरु, दुधजन्य पदार्थ र विपत व्यवस्थापन कार्य बाहेक सबै बन्द रहने निर्णय गरेको पालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताउनुभयो।

साथै अस्पताल, क्लिनिक, औषधि पसल, एम्बुलेन्स, सववाहन, पानी बोक्ने गाडी भनें खुला नै रहने निर्णय भएको छ । गाउँपालिका कार्यालय, वडा कार्यालय सहित सरकारी तथा गैरसरकारीकार्यालय, यातायातका सम्पूर्ण साधन वन्द रहनेछन् । लकडाउनलाई प्रभावकारी बनाउन विशेषगरि प्रहरी,सशस्त्र प्रहरी र ‘प्रहरीको साथी म’लाई गाउँ सिमा क्षेत्रमा परिचालन गरिने पनि निर्णय भएको छ ।

कोरोना संक्रमण हुन नदिन छुट्टै क्वारेन्टिन रहेको र आवश्यक परेको खण्डमा अन्य क्वारेन्टिन स्थल निर्माण गर्ने पनि जनाइएको छ ।

हालसम्म वन्द नै रहन सरकारले सूचित गरेका शैक्षिक संस्था, होटल, रेष्टुरेन्ट, लज, जिमखाना, व्यूटिपार्लर,धार्मिक तथा पर्यटकीयस्थलहरु पूर्ण वन्द नै राख्नु पर्ने निर्णय भएको छ ।

Back to top button