कानेपोखरीमा एकजना पुरुषलाई कोरोना पुष्टि

कानेपोखरी / कानेपोखरी गाउँपालिकाको एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

कानेपोखरी / ३ निवासी ३५ बर्षिय बिधुत प्राधिकरणमा कार्यरत पुरुषमा आज कोरोना पोजेटिभ देखिएको हो।

साउन २५ गते रंगेली नगरपालिकामा स्वाब संकलन गरिएको भएपनी स्वाबको चाप कोशी अस्पतालमा बढी रहेकाले रिपोर्ट केही ढिलो आएको कानेपोखरीका स्वास्थ्य संयोजक रोहिन्द्रराज भण्डारीले बताउनुभयो।

हाल उहाँलाई रंगेली नगर अन्तर्गतको आईसोलेशनमा भर्ना गरिएको छ।

Back to top button