स्वाब संकलित पथरी शनिश्चरेका ९५ जनाकै रिपोर्ट नेगेटिभ आयो

साउन २५ गते गरीएको ९५ जनाको कोरोना भाइरसको पीसीआर परीक्षणमा सबैमा कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

पथरी शनिश्चरे / मोरङको पथरी शनिश्चरे नगरका जनप्रतिनिधि, पत्रकार, समाजसेवी, सामुदायिक वनका पदाधिकारी तथा क्वारेन्टिनमा रहेकाको साउन २५ गते गरीएको ९५ जनाको कोरोना भाइरसको पीसीआर परीक्षणमा सबैमा कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

कोभिड अस्पताल विराटनगरको ल्याबबाट आज विहान आएको रिपोर्टमा सवैजनाको कोरोनाको अवस्था नेगेटिभ देखिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी गराउनुभयो ।

मोरङ सहितका जिल्लामा कोरोना ह्वात्तै बढेकाले स्वाब परीक्षणको संख्या पनि बढेकाले पठाएको स्वाबको रिपोर्ट आउन केही ढिलो हुन गएको पनि उहाँले बताउनुभयो ।

गत साउन १७ गते सामुदायिक वन सम्वन्धीको एक कार्यक्रममा सहभागि मध्ये विराटनगरबाट आएका एक जना अधिकारीलाई कोरोना देखिएपछि सो कार्यक्रममा सहभागिहरुको कन्ट्रयाक ट्रेसिङका आधारमा नगरपालिकाले स्वाब संकलन गरी ल्याब पठाएको थियो ।

Back to top button