मोरङमा थप १ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६ पुग्यो

उपचारका क्रममा बुधवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले बताए ।

मोरङमा बुधवार अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

धरान स्थित विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङ बुढिगगा गाउपालिका-२ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
करिव एक साता अघि प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना भएका पुरुष लामो समय दमको रोगी रहेको बताइएको छ ।

आइसोलेसनमा भर्ना भएपछि गरिएको कोरोना परिक्षणमा उनीमा कोरोना भाइरस पोजेटिभ देखिएको र उपचारका क्रममा बुधवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले बताए ।

मृतकको शव व्यवस्थापनको लागि आवश्यक समन्वय भइरहेको पनि एसपी खड्काले जानकारी दिए ।

योसंगै मोरङमा कोरोना संक्रमणका कारण मृत्यु हुनको सख्या ६ पुगेको छ । यसअघि विराटनगर महानगरपालिकाका ३ र रंगेली र सुनवर्षी नगरपालिकामा १/१ जनाको मृत्यु भइसेको छ । प्रतिष्ठानमा कोरोना संक्रमित मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

मोरङमा ६ सय ५७ जना संक्रमित भएका छन् । मोरंगमा १६ हजार ९ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Back to top button