विद्युतीय जिनियस इ–बाइक र टेलजी इ–स्कुटर नेपाली बजारमा

चीनमा इलेक्ट्रिक बाइक उत्पादन गर्ने उत्कृष्ट तीन मध्येको एक कम्पनी हो टेलजी। जसले संयुक्त राष्ट्र संघसँग मिलेर वातावरण संरक्षण सम्बन्धी कार्यक्रममा सहकार्य गरिरहेको छ।

काठमाडौं / चिनियाँ कम्पनी टेलजीले उत्पादन गरेका विद्युतीय जिनियस इ–बाइक र टेलजी इ–स्कुटर नेपाली बजारमा आएका छन्। चीनमा इलेक्ट्रिक बाइक उत्पादन गर्ने उत्कृष्ट तीन मध्येको एक कम्पनी हो टेलजी। जसले संयुक्त राष्ट्र संघसँग मिलेर वातावरण संरक्षण सम्बन्धी कार्यक्रममा सहकार्य गरिरहेको छ।

योमा मा इ–मोटर्स प्रालिले ती इलेक्ट्रिक बाइक र स्कुटर नेपाली बजारमा उपलब्ध गराएको हो। योमा मा इ–मोटर्स प्रालिले गत वर्षको ‘नाडा अटो शो’मा यी इलेक्ट्रिक बाइकको ब्राण्ड परिचय गराएको थियो। त्यसपछि करीब एक हजार जनाले टेष्टड्राइभ गरेपछि दिएको सुझावका आधारमा विशेषताहरू थप गरेर मोटरसाइकल र स्कुटर नेपाली बजारमा ल्याइएको योमा मा इ–मोटर्स प्रालिका निर्देशक सञ्जिव शिल्पकारले बताए।

“रिचार्जेबल ब्याट्रि, उच्च पफरमेन्स क्षमताको इञ्जिन र प्रशस्त सेफ्टिफिचर भएका विद्युतीय मोटरसाइकल र स्कुटर नेपाली बजारमा ल्याएका छौं,” शिल्पकार भन्छन्, “नेपाली राइडरहरूले दिएको सुझावकै आधारमा विशेषता परिमार्जन गरिएकाले दुई पाङ्ग्रे सवारी प्रयोग गर्नेमध्ये सर्वाधिक उपभोक्ताले मन पराउँछन भन्ने विश्वास छ।”

Back to top button