२४ घन्टामा नेपालमा थप ३३८जनामा कोरोना संक्रमण l जम्मा २३ हजार ३१० पुग्यो

त्यस्तै पछिल्लो २४ घन्टामा थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ । याेसँगै मृतकको संख्या ७९ पुगेको छ ।

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ३३८जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । ८ हजार ४ सय ३२ नमुना परीक्षण गर्दा थप ३३८ जनामा कोरोना पुष्टि भएको हाे ।

यसैगरी पछिल्लो २४ घन्टामा निकाे भएर १ सय ४० डिस्चार्ज भएका छन् । याेसँगै हालसम्म निको हुनेहरुको संख्या १६ हजार ४ सय ९३ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ । याेसँगै मृतकको संख्या ७९ पुगेको छ ।

Back to top button