नायक अनमोल र नायीका उपासनाको कोरोना रिपोर्ट नेगेटिभ

उनीहरु कन्टयाक्ट ट्रेसिङमा परेपछि दुबैको स्वाब संकलन गरिएको हो ।

अभिनेता अनमोल केसी र अभिनेत्री उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगिटिभ आएको छ । उनीहरुले केही दिन अगाडि स्वाब दिएका थिए । उनीहरु कन्टयाक्ट ट्रेसिङमा परेपछि दुबैको स्वाब संकलन गरिएको हो । यमाहाको विज्ञापनको सुटका क्रममा यी दुइ एक जना कोरोना संक्रमितको कन्ट्याक्टमा आएका थिए ।

यसपछि दुबैको स्वाब संकलन भएको हो । अभिनेता अनमोल केसीले स्वाब संकलन गरेपछि डर लागेको बताए । रिपोर्ट नआउन्जेलसम्म मनमा डर लागेको उनले बताए ।

अभिनेता केसीले स्वाब दिएपछि आइसोलेसनमा बसेको बताए । घरका सदस्यसँग पनि दुरी कायम गरेको उनको भनाई छ । अभिनेता केसी लकडाउन खुलेपछि निरन्तर विज्ञापनको छायांकनमा व्यस्त छन् ।

Back to top button