जनचेतना जगाउदै पिङ्गडाँडा युवा परिवार

कानेपोखरी  / विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस हाल नेपालमा तिब्र रुपमा फैलिरहेको छ।

देश लकडाउनमा नभएपनि प्रायः स्थानीय तहहरु लकडाउनको अवस्थामा रहेका छ्न कारण कोरोना आयातित नभई समुदाय स्तरमै फैलिन थाल्यो। हाल दोश्रो चरणको लकडाउन भइरहदा कानेपोखरी गाउँपालिकाको समुदाय स्तरमै कोरोना संक्रमितको संख्या बढने सम्भावना उच्च भएकाले यो पालिका बिहिवार देखि बन्दाबन्दीको अवस्थामा छ।

कोरोनाबाट बच्नको लागि जनसमुदायमा सचेतनाको कमि भएको महसुस गरि कानेपोखरी-०४ स्थित पिङ्गडाडा युवा परिवारले वडाअध्यक्ष धनबहादुर राईको रोहवरमा समुदाय स्तरमा कोरोनाबारे सचेतना जगाउदै आइतबार मास्क वितरण गरेको छ।

मास्क वितरण गर्दै वडाअध्यक्ष राईले कोरोनाबाट बच्न आफू सचेत हुनुपर्ने र अरुलाई पनि सचेत बनाई यो बन्दाबन्दीको नियम पालन गरि सुरक्षीत रहन सम्पुर्णलाई अनुरोध गरे।

 

Back to top button