
हङकङमा रहेर व्यवसाय गर्दै आएका बुद्ध गुरुङको शुक्रबार काठमाडौंमा निधन भएको छ।
परिवार तथा निकटका साथीहरूका अनुसार मुटु रोगी ५३ वर्षीय गुरुङलाई पछिल्लो समय अन्य रोगले पनि च्यापेको थियो।
पुख्र्यौली घर कास्कीको पोखरा १० मा रहेका गुरुङ लामो समयदेखि हङकङको जोर्डन क्षेत्रमा स्थायी रुपमा बसोबास गर्दै आएका थिए। केही वर्षअघि उनी एनआरएनए हङकङमा पनि सक्रिय रुपमा सहभागी भएका थिए।