बाढी कटानले ठूलो क्षती

स्थानिय निकायको ध्यान गएन

मिक्लाजुङ / हरेक बर्खाको समयमा आउने बाढी र पहिरोले बर्षैनि धेरै धनजनको क्षति हुने गरेको छ।

यस्तै, मोरङको मिक्लाजुङ गाउँपालिका-५ खोलिटारमा बाढी र कटानले ठुलो क्षती पुर्याएको छ । मिक्लाजुङ ४ र ५ को सिमाना भई बग्ने मुगुखोलाले लगातार २ बर्ष कटान गर्दा गोबिन्द तामाङको लगभग चार कठ्ठा जग्गा खोलामा परिणत भएको छ।

खोलाले बर्षैनि कटान गर्ने गरेको र आफ्नो एकल प्रयासले कटान नियन्त्रण गर्ने नसकेको तामाङले गुनासो गरे । कटान रोकथामको लागि स्थानिय सामुदायिक वन, वडा र पालिकालाई गुहार मागेपनी कुनै प्रकारको सहयोग नभएको तामाङले जानकारी दिए।

खोलाले हाल एक ब्यक्तिको मात्र जग्गा कटान गरेपनी समयमै रोकथाम नभए भविष्यमा परै गाउँ नै खतरामा पर्न सक्ने स्थानिय बताउछन्। आफुले ऋण गरेर ४ वटा जाली लगाएपनी त्यसले रोकथाम हुन नसकेको र अन्य जाली लगाउन आर्थिक अभाव भएको तामाङले बताए।

यो बाढीको कटानबाट भएको र आगामी दिनमा हुनसक्ने क्षतीलाई सम्बन्धित निकायले चाँडो रोकथाम गर्न सहयोग गर्नेमा आफू विश्वस्त रहेको पनि तामाङले बताए ।

तस्बिर : प्रतिकात्मकको लागि मात्र ।।

Back to top button