तिन अक्षरले बनेको शब्दले छुट्टाइएको “म”

हामी हेर्दा तिमीहरुभन्दा फरक देखिन्छौ,हाम्रो नाक र मुख ठिक ठाउँमा छैन।

“समाजको आचरण र व्यवहारले निमोठिएको “म”,स्वास लिदा–लिदैपनि निस्सासिएको “म”। तिमीहरु ठुलाबडा भनाउदाहरुले दुई बोटुका जाड खाएर हामीलाई अरुभन्दा फरक देखाएको। हामी हेर्दा तिमीहरुभन्दा फरक देखिन्छौ,हाम्रो नाक र मुख ठिक ठाउँमा छैन। त्यहि भएर त तिमीहरु हामीलाई अपवित्र ठान्छौ, तिमीहरुको घरमा हामी पस्दा तिमीहरुको कुल भगवान रिसाउँछ्न, हाम्रो रगत त कालो छ,हामी त यो ग्रहका मान्छेहरु नै हैनौ। नामको पछाडी आउने तीन अक्षरले बनेको समुदायको नामको आधारमा त हामीभन्दा सानो होस भनेर छुट्टाईएको दलित “म”।

दलितको अर्थ हो दलन गरिएको अर्थात ती मानिसहरु जो आर्थिक ,सामाजिक ,राजनीतिक अनि धार्मिक रुपले प्राचीन कालदेखी उच्च वर्गका भनाउदाहरुद्वारा शोषित र घृणित हुँदै आएका छ्न।जातिय विभेद हिजोपनी थियो र आजपनि उस्तै छ।हुन् त नेपालमा भेदभाव अनि छुवाछूत गर्नेहरुलाई कडा कारबाही गर्ने कानुन पनि सरकारले नबनाएको होइन तर त्यो कागजमा मात्र सिमित छ।गाउँ समाजको हरेक कुनामा आजपनी यो भेदभाव कायम नै छ्।

“नेपाली समाजमा एउटा कुकुर मर्यो भने त्यसलाई फ्याँक्ने मानिसको अभाव हुँदैन तर कोही दलित मर्दा उसका जातका मान्छे त्यहाँ रहेनछ भने त्यसलाई फ्याक्ने मान्छे पाईदैन”। यस्तै—यस्तै यथार्थताका बिछ बाचिरहेका छ्न दलित समुदाय ।बहुभाषी र बहुजाती रहेका नेपाली समाजमा दलित जाती पाखा पारिएका जाती मानिन्छ्न।जनावरले समेत आफ्नो ढंगले अधिकारको उपभोग गर्न पाउदछ भन्ने कुराको वकालत सुरु भएको समयमा मानिस भएर पनि दलितहरुले समाजमा कुकुरको भन्दा पनि तल्लो व्यवहार भोग्नु परिरहेको छ।मान्छे भएर जन्मेपछी स्वतन्त्ररुपले बाँच्न र राज्यद्वारा प्रदत्त अधिकारको समान उपभोग गर्न पाउनु सबै मानवको नैसर्गिक अधिकार हो तर नेपाली समाजमा भने दलित भएर जन्मेकै आधारमा उ आफ्नै अधिकारबाट बन्चित हुनुपरेको छ।नेपाली समाजमा मात्रै नभएर युगौदेखी बलियोले निर्धोलाई हेप्ने मालिक र दासको मानसिकता संसारभर कुनै न कुनै रुपमा रहदै चल्दै आएको छ।

नेपालको संविधान २०७२ मा कुनैपनि सार्वजनिक या निजि स्थान र क्षेत्रमा जातजातिकै नाममा विभेद,छुवाछूत व्यवहार गर्न नपाइने र गरेमा कानुनी कारवाही हुने स्पष्ट व्यवस्था छ।तर सार्वजानिक पानी,पँधेरो,स्कुल,मन्दिर,अस्पताल, सार्वजनिक सवारी,मेला,समारोह इत्यादि स्थानमा दलित भएकै कारण अपमानित हुनुपर्ने विडम्बना यथावत छ। कामकै आधारमा जातको विभाजन गरि आफुले मात्र मोजमस्ती गरेको भन्ने पनि शिलालेखमा पाईन्छ। पहिला—पहिला त जात के हो भन्नेबारेमा पनि कसैलाई थाहा नहुने र पछि सिपको आधारमा काम विभाजन गरियो।तर पछि त्यसैमा राजाहरुले छालाको काम गर्नेलाई सार्की, सुन बनाउनेलाई सुनार,फलाम बनाउनेलाई लोहार,नाचगान गर्नेलाई गाईने वा बादी जाती बनाईयो।यसैको विकसित रुप नै पछि गएर टाठाबाठाले जातमा विभाजन गरे।त्यो नै कालान्तरमा गएर जातमा परिणत भयो।ती जातलाइ तल्लो स्तरको भन्ने चलन बसेको इतिहासमा उल्लेख छ।नेपालको सन्दर्भ बि।स १९१० को मुलुकी ऐनले जातिय भेदभाव एवं समाजका अछुत मानिएका र सामाजिक तथा धार्मिकरुपले राष्ट्रिय मुलप्रवाहबाट पछाडी पारिएका जात जातिय समुदायलाई दलित वर्ग भनी परिभाषित गरेको छ् ।
राष्ट्रिय नागरिक अदालतले सन् १८५४ मा मुलुकी ऐन निर्माण गरि नेपालबाट जातिय छुवाछूतको अन्त्य भएको घोषणा गरियो तर कार्यान्वयन भने हुन सकेन।हालसम्म पनि विभिन्न दलित वर्गका मानिसले त्यही नियती भोग्दै आएका छन्।नेपालमा झन्डै २० प्रतिशत दलित तथ्यांक रहेको पाईन्छ तर जातिय भेदभाव अन्त्यको पहल नै गरिएन।जातिय समानताको लागि १० बर्षे जनयुद्ध पनि सोच र व्यवहारमा १ प्रतिशत पनि कमि ल्याउन सकेन। दलित वृद्धवृद्धाले सधैं भन्ने गर्छन—“दलितहरु सिपयुक्त हुने भएकाले काममा लगाउने तर फल उपल्लो जातकाले खाने”! कुनै न कुनै तवरबाट उनिहरुलाई अपहेलित गर्ने प्रचलन छ।एक्काईसौ शताब्दीमा आईपुग्दा पनि दलित जातको बारेमा कुनै व्यवहारिक परिवर्तन नगरिदिँदा निकै दुस्ख लाग्ने अवस्था छ।

Back to top button