“तिम्रो अंश”

यौवनले हिमशृखला "स्तन" नागिनमय नितम्ब" कमल झैं फक्रीएको रुपमा

“तिम्रो अंश”

यौवनले हिमशृखला “स्तन”
नागिनमय नितम्ब”
कमल झैं फक्रीएको रुपमा
“मसिनो”
कम्मरको लचक
सुन्तलाको केस्रा झैं रसिलो गुलाबि ओठ
कौमार्य भंग
नभएको “योनि” को खोजी

देह,
वासनाको अतृप्त
तिम्रो चाहानाले भरिएको मस्तिष्कलाई
यि चर्चरी चिरिएका
“देह” छुन घिन किन ?

एक पत्र मानव छाला
एक पत्र मासुको आकार
एक पत्र नशाहरुको प्रकार
आँधी पछिको
कम्पन
सहित बग्ने भेल झैं
बग्ने रगतका मुलहरु बगाएर

पिडा र
दुखाइको
चरम सिमा नांघेपछि अत:
तिमि संसार कै भाग्यमानी ब्यक्ती
तिम्रो प्रतिअंश रुपि
अर्को अंश जन्मिन्छ !!

आखिर किन !
शारीरिक कुरुपता मात्रै किन देख्छौ ?
किन देख्दैनौं
तिम्रो अर्को तिमि सृष्टिको लागी
मरेर बाचेको अर्ध “शरीर”

कसम!
ति पिडाहरु
आगोले जिउँदो जलाए सरह भन्दा बढी हुन्छन्
तर
तिम्रो एक प्रेमिल स्पर्शले
सारा का सारा दुखाइहरु
मिनेट मै भुल्न सक्छे !

उ हो तिम्रो अपुर्ण अस्तित्वको
पुरक !

कविता : जुनु राना मगर
कविता : जुनु राना मगर

Back to top button