श्वासप्रश्वासमा समस्या देखिपछि हस्पिटलमा । कोरोना लागेको पृष्टि

विराट नर्सिङ्गहोम पुगेका बेलका नपा १ का ५५ वर्षीय बेदप्रसाद न्यौपानेको मृत्यु भएको हो । 

उदयपुर : कोरोना भाइरस प्रभावित क्षेत्र उदयपुरको बेलका नगरपालिका एक बिरामीको विराटनगरमा मंगलबार ज्यान गएको छ । ज्वरो आउने, श्वासप्रश्वास फेर्न गार्हो हुने, वाक-वाकी लाग्ने जस्ता समस्या देखापरेपछि उपचारका लागि सोमबार उपचार विराट नर्सिङ्गहोम पुगेका बेलका नपा १ का ५५ वर्षीय बेदप्रसाद न्यौपानेको मृत्यु भएको हो ।
बिरामीमा कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिए पछि विराट नर्सिङ्गहोमले तत्काल कोसी अञ्चल अस्पतालमा रेफर गरेको थियो । लगत्तै कोसी अस्पतालमा उपचारका लागि पुगेका न्यौपानेको उपचार सुरु नहुँदै ज्यान गएको अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

उनले भने, ‘डाक्टरले जाँच गर्न नपाउँदै ज्यान गयो,’ डाक्टर दासले भने, ‘बिरामीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण थियो।’ उनले मृत्युलगत्तै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी पठाएको बताए ।

रिर्पोट आएपछि मात्र दाहसंस्कारका लागि  शव पठाइने उनले बताए । जिल्लामा हालसम्म २२ जना महिला र ६६ जना पुरुष गरी ८८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

त्यसमध्ये ५ जना महिला र १९ जना पुरुष गरी २४ जना बेलका नगरपालिका क्षेत्रका रहेका छन् । बेलका नगरपालिकाका वडाध्यक्षलाई कोरोना देखिएसँगै त्यस क्षेत्रमा समुदायस्तरमा  कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

-अन्नपुर्ण पोष्टबाट

Back to top button