Trending

छोएर हङकङ महशुस गरे

मेरो जन्मजात नै दृष्टि गुमेको हो । संसारमै दुर्लभरुपमा पाईने वर्थ डिफेक्ट हो यो ।

स्पष्ट, प्रखर वक्ता हुन रमेश प्रसाई । अद्भुत वाककला र शाब्दिक निपुर्णताले नै उनलाई पब्लिक स्पिकर नेपाल सिजन २ को बिजेता बनायो । अब बोल्छ नेपाल भन्ने मुल नाराको साथमा खुल्ला राष्ट्रब्यापी वक्तृत्वकला प्रतियोगितामा विजेता बनेका रमेशले नगद ३ लाख र अवार्ड मात्र जितेनन् करौडौ नेपालीहरुको मन पनि जिते । देशैभरिका एघार सय युवाहरुलाई पछि पार्दै बिजेता बनेका उनी संञ्चारकर्ममा आफ्नो कौशलता देखाईरहेका छन् । जन्मजात आफ्नो दृष्टि गुमेपनि संसारका हरेक कुरालाई ह्दयबाट महशुस गरि सत्य, तथ्यस“ग नजिक हुदै प्रखर अभिब्यक्ती दिने रमेश वाककलास“गै कविता लेखन र गीतसंगितमा पनि आफुलाई प्रस्तुत गरिरहेका छन् ।
भारतिय गोर्खा भुपु सैनिक संघले आयोजना गरेको कार्यक्रममा रमेश हङकङ आएका थिए । दोहोरी गीत, कविता र उत्कृष्ट वाककलाले हङकङेली नेपालीहरुलाई मन्त्रमुग्ध पारे । हेर्नुहोस् कुराकानी

१. हङकङमा स्वागत छ ।
धन्यवाद सम्पुर्ण हङकङबासी नेपाली र उहाहरुको अदभुत माया र सद्भावप्रति ।

२. हङकङको करिब एकसाता बसाई कस्तो हुदैछ ?
कार्यक्रम धमाकेदार भयो, सवैको प्रशंसाले पुकलित भएको छु । हङकङमा समय एकदमै महङो रहेछ, त्यो ब्यस्त समयको बापजुत पनि नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले देखाउ“नु भएको सद्भावले अझ केहि गर्ने प्रेरणा जागृत भएको छ ।

३. एकसमय युटयुवमा खुबै चर्चित हुनुभयो हैन ?
हो, एउटा कालखण्ड नै थियो, युटयुवका हरेक नेपाली च्यानलमा मेरो अन्र्तवार्ता आएकै हुन्थ्यिो ।

४. किन कम गर्नु भयो ?
त्यो मेरा शुभेच्छुकहरुको म प्रतिको माया र सद्भाव भन्ने लाग्छ । कुनैपनि मान्छेले घमण्ड र अहकांर गर्नुपर्ने कुनै पनि कारण छैन । मैले चर्चित ब्यक्तित्वहरु प्लाय न भएको पनि देखेको छु । मानिसको रुची नै नयँ“ र नौलो चिज, बस्तुको खोजमा हुन्छ । म त्यो समयको पर्खाईमा हुन्छ जुन समय नया“ बिषय र सोच आओस । नयँ“ कुरा बोल्नको लागि नया विषय चाहिन्छ नया बिषयको लागि नया समय चाहिन्छ ।

५. पब्लिक स्पिकर नेपाल सिजन २ को बिजेता बन्नु भयो ।
म आफ्नो कारणले भन्दा पनि मलाई माया र विश्वास गर्नुहुने मनहरुको कारणले पब्लिक स्पिकरको बिजेता बनेको हु । हुन त त्यो प्रतियोगिता निर्णायकहरुको रायस“गै भोटको माध्यमले जितिने हो । म ति भोट गर्नुेहुने एकएक जनाप्रति ऋणी छु ।

६. बिजेता भईसकेपछिको दर्शकहरुको प्रतिक्रिया र सफलतालाई कसरी हेरिरहनुभएको छ ?
मलाई मेरा वरिपरिका केहि मानिसहरुले चिन्नु हुन्थ्यो होला, तर पब्लिक स्पिकर सिजन २ को सफलताले मलाई संसारसामु चिनिने अवसर प्राप्त भयो । फलत मलाई समाजका वास्तविकता र तथ्यमा बोल्न मन लाग्छ, त्यो म निरन्तर गरिरहन्छु ।

७. तपाईको वाककला अद्भुत छ, ब्यक्तिगतरुपमा कस्ता प्रतिक्रिया पाउ“नुहुन्छ ?
संसारको मज्जा र जीवनको सन्तुष्टि नै विविधतामा छ । आ आफ्नो दख्खलता र दक्षतामा आफुलाई विश्वास गर्नु पर्छ । म ईमान्दार भएर मेरो ब्रह्मले देखेको समाज र देशको पक्षमा बोल्छु सायद यहि नै हो मेरो खासियत । अझ सवैको सकारात्मक प्रतिक्रियाले मलाई उर्जा थपिदिन्छ ।

८. उत्कृष्ट वाककलाका लागि आफुलाई कसरी परिष्कृत गर्नुहुन्छ ?
मेरो अध्ययनको पहिलो श्रोत रेडियो र ईन्टरनेट नै हो । सवै पुस्तकहरु ब्रेल लिपीमा उपलब्ध नहुनका कारण म रेडियोलाई आफ्नो ज्ञानको श्रोत मान्थे । पछिल्लो समय ईन्टरनेटस“ग पनि आफुलाई अभ्यस्त बनाउ“दैछु ।

९.तपाईको दृष्टि कसरी गुम्यो ?
मेरो जन्मजात नै दृष्टि गुमेको हो । संसारमै दुर्लभरुपमा पाईने वर्थ डिफेक्ट हो यो । डा. सन्दुक रुईतलाई उद्धित गर्दै भन्छु आजसम्म यसको अप्रेशन विश्वमा कुनैपनि डाक्टरले गरेको छैन ।

१०. कार्यक्रमको सिलसिलामा विभिन्न ठाउ“हरुमा पुग्नु हुन्छ, भेट्टिएका नयाँ मानिसहरुको ब्यवहार र आचरण कसरी महशुस गर्नुहुन्छ ?
वास्तवमा म कसैको आवाजबाट उसको मप्रतिको ब्यवहार र सोचलाई आकंलन गर्छु । मेरो मुल्याङ्कनले कहिलेकाहि मात्र मात खाने गरेको छ । हरेक मानिसको बोलीमा एकप्रकारको कम्पन हुन्छ, बोलीले धेरैकुराको मुल्याङ्कन गर्न सघाउ“छ । शरिरभन्दा प्रमुख मानिसको स्वभाव हो । शरिर त परिवर्तनशिल छ, तर तपाईको सोच र स्वभाव नै प्रमुख पहिचान हो । चिप्लो बोलीमा कुटिलता र स्वार्थपन घोलित भएको पाउ“छु भने, रुखो बोली सुन्दा नराम्रो सुनिए पनि त्यसमा सत्यता मिसिएको पाएको छु ।

११. अहिले हङकङमा हुनुहुन्छ, कसरी महशुस गर्नुभयो ?
म हङकङमा छु एकसाथ सुख र दुख मिश्रित भावहरु मेरो मानसपटलमा आईरहेको छ । सुख यसकारणले लाग्यो कि नेपालीहरुले हङकङ मनग्य प्रगति गरेका छन् । यहा“का नेपालीहरुका क्षमता र सामथ्यर्तालाई नजिकबाट बुझ्ने अवसर पाए । हिजो हाम्रो पौरख र मेहनतलाई सम्झिएर भित्राएका थिए उनीहरुलाई मजदुर गर्ने मजदुरी चाहिएको थियो । आज तिनै मजदुरीहरुले स्थानियहरुलाई रोजगारी दिईरहेका छन् । नेपालीहरु युद्धको मैदानमा मात्र हैन जीन्दगीको जस्तो मैदानमा पनि पर्याप्त छौ भनेर प्रमाणित गरेका छौ । हङकङको एयरपोर्टको टर्मिनलदेखि पार्कमा शुन्दर फुल फुलाउ“ने कार्यमा समेत नेपालीहरुको श्रम खर्च भएको छ । हङकङ धेरै विकास निर्माणका डिजाईनहरु नेपाली ईन्जिनियरले गरेका छन् ।

१२. दुख चाहि किन ?
यि सुख र सफलतालाई महशुस गरिरहदा मलाई लाग्यो, यस्तो सत्कर्म र परिश्रम यदि नेपाली माटोमा भएको भए ? नेपालको वास्तविकता गाउ“मा चिया गफ गर्ने साथी पनि भेट्न गाह्रँे भईसकेको छ, युवा शक्ति र प्रतिभालाई विदेशले तानिसकेको छ । देशमा ईपिएस र विदेशी भाषाको परिक्षा दिदै सवै विदेशीय पछि, नेपालमा को रहने ?

१३. विदेश जानेहरुप्रति तपाईको धारणा कस्तो छ ?
धेरैले विदेश जानेहरुलाई भागेको भन्छन् तर मलाई त्यस्तो लाग्दैन । देशभित्र बसेर देश लुट्नु, चुस्नु भन्दा विदेशमा बसेर देश धान्नु ठुलो हो । नेपालमा बसेर प्राकृतिक प्रकोपबाट पिडित भएकाहरुको समेत रगत चुस्न पल्किएका भन्दा विदेशमा बसेर छाक काटेर ति पिडितहरुको पेट भरेका छन् । तर यति भन्दा भन्दै पनि खाली नोटका विटाहरुले मात्र आमाका आशुहरु पुछिदैन । अव विदेशका सीप र सम्पन्नतालाई आफ्नो माटोमा खर्चिनु पर्यो ।

१४. अव प्रसङ् बद्लौ । तपाईको क्षमता कविता लेखन र संगितमा पनि रहेछ हैन ?
कविता लेखन वाककला कै अर्का पाटो हो भने, संगित र गायीकी सवैको मायाको परिणाम हो भन्ने ठान्छु । विद्यालयमा पढदाताका रहरका लागि गाईयो । पछि दृष्टिविहिन साथीहरुले चोकचोकमा वाद्ययवादन सहित गीतहरु प्रस्तुत गर्नु हुन्थ्यो तर बाध्यताले । सरकारले उहा“हरुको प्रतिभाको वास्ता गरेन त्यो सडकमै पोखियो । तर पछिपछि मलाई जसले जहा“ भेटेपनि गीत गाउ“न अनुरोध गर्न थाले । गायन कला लाई सम्मान भन्दा पनि अपमानको परिणाम हो भन्ने लाग्न थाल्यो र जीवनमा कहिल्यै गाउ“दिन भनेर आफुलाई सम्हालेको थिए । पब्लिक स्पिकरको बिजयीस“गै रमाईलोको लागि गाएको थिए सवैले उर्जा दिईरहनुभएको छ ।

१५. रमेश प्रसाईको भोगाईमा प्रेम के हो ?
प्रेम मानव जीवनको अन्तिम सत्य हो । जसका लागि मानिसले संसारलाई त्याग्न सक्छ ।

१६. त्यो प्रेम आफ्नो जीवनमा महशुस गर्नुभएको छ ?
म त्यसको प्रतिक्षामा छु ।

१७. र अन्त्यमा
महिला र पुरुषबीच समागम हुदा पुरुषको एकलाख शुक्रकिट महिलाको डिम्बामा प्रवेश हुन्छ । ति मध्ये नौहजार नौसय उनान्सय मरेर जान्छन र एउटा शक्तिशाली शुक्रकिटले जीवन्ता पाउ“छ, त्यो म हो । तपाई हो । त्यसैले जीवन शुरुवात नहुदै विजयी बनेर आएका छौ कहिल्यै हार नमान्नुहोस् ।

Back to top button